नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर, कुन-कुन पदमा खुल्यो ? हेर्नुहोस् !

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदहरुमा दरखास्तको आह्वान गरेको छ। प्राधिकरणले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि आवेदन आह्वान गरेको हो।

२०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार परिक्षा मार्फत पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग गरेको छ। खुल्ला र अन्तरिक परीक्षाबाट पदपूर्ति गर्न लागिएको प्राधिकरणको भनाई छ।

माग गरिएका पदहरुमा आवेदन दिन चाहनेहरुले अनलाइन फारम भर्ना सक्नेछन्। त्यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारी वेबसाइटमा जानुपर्ने हुन्छ। सूचना प्रकाशित भएको २१ दिन सम्ममा दरखास्त दिन सकिनेछ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८०८:४०

सामाजिक सुरक्षा भत्ताको रु ३९ लाख चोरी!