बलिउडमा डेब्यु गर्दै जीवन !

काठमाडौं । सुनौलो भविष्यको सपना सजाएर नेपाली रजतपटमा भित्रिने थुप्रै व्यक्ति छन् । तीमध्ये केही त्यसै हराएका छन्, भने केही भने यो क्षेत्रमा दाम र नामसहित स्थापित हुन सफल छन् । नेपाली कला क्षेत्रमा नाम, दामसहित स्थापित हुन सफल भएका छन् अभिनेता जीवन गिरी । उनी चलचित्र, म्युजिक भिडियो, विज्ञापन लगायत सबैतिर छाउनसमेत सफल छन् । सानैदेखि अभिनयप्रति रुचि भएका उनी स्कुलमा आयोजना हुने सांस्कृतिक कार्यक्रम होस् वा अन्य, कलाकारिता देखाउन सधैं अघि सर्दथे । सोही कारणले पनि विभिन्न पुरस्कारसमेत उनको हात लाग्थ्यो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

‘स्कुले जीवनमा जतिजति पुरस्कार हात पथ्र्योे कलाकारिताप्रति झ्न मोह बढ्दै गयो’ गिरीले भने, ‘कलेजका कार्यक्रममा समेत कलाकारिता देखाउन छुटाउँदिन्थे थिए । त्यस्तो क्रममा साथीहरु कलाकारितामा लाग्न हौस्याउँथे ।’ साथीहरुको हौसला र कलाकारिताप्रतिको मोहले २०६८ सालमा आफू राजधानी आएको उनले सुनाए । काभ्रे बनेपा २ स्थायी घर भएका गिरीले राजधानी छिरेपछि मात्रै कलाक्षेत्रका विभिन्न व्यक्तित्वलाई भेट्न थाले । सो क्रममा उनले कलाकारिताका लागि नृत्य, अभिनय लगायतको विधामा समेत ज्ञान हुनुपर्ने बुझे । सोही समय उनलाई केही निर्माता निर्देशकले कामको अफर दिएका थिए । तर उनले कामका लागि हतारो गरेनन् । कलाकारितामा राम्रोसँग गर्ने सोचाइका साथ उनी अभिनय, नृत्य, एक्सन लगायतका प्रशिक्षण लिन थाले ।

‘अफर दिएको बेला विनाप्रशिक्षण पनि म कलाकारितामा होमिन सक्थे । त्यसो गर्दा लामो रेस तय गर्न नसकिने देखेकाले मेरो पहिलो प्रथामिकता प्रशिक्षण प¥यो,’ गिरीले भने । सुरुमा शंकर बिसीसँग नृत्य प्रशिक्षण लिएका गिरीले त्यसपछि अर्का नृत्य निर्देशक गम्भिर विष्टसँग पनि नृत्यको प्रशिक्षण लिए । त्यसैगरी अभिनय र एक्सन प्रशिक्षणसमेत लिए । प्रशिक्षणकै क्रममा उनलाई विभिन्न मोडलिङ एजेन्सीबाट मोडलिङको अफर मिल्यो । यो क्रममा उनले करिब एक दर्जन र्याप्प सोमा स्टेज नापे ।

२०७० सालसम्म उनी मोडलिङमै रमाइरहेका थिए । त्यतिबेलासम्म उनको अभिनय, नृत्य लगायतको प्रशिक्षण कोर्षसमेत पूरा भइसकेको थियो । सोही समय निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘एउटा साथी’ को लागि अडिसन भइरहेको थाहा पाए । उनले पनि कलाकारको रुपमा अडिसन दिए । अडिसनबाट छानिए पनि । ‘एउटा साथी’ फिल्मबाट अभिनयमा डेब्यु गरेको मैले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन,’ गिरीले भने ।

एउटा साथी अभिनय नसकाउँदै उनको हातमा फेरि अर्काे चलचित्र ‘सत्यदीप’ प¥यो । यो अभिनयकै क्रममा उनले म्युजिक भिडियो अभिनयसमेत थाले । ‘सत्यदीप’ पछि ‘मखमली’ चलचित्र अभिनय गरेका गिरीको अभिनय यात्रा अहिले पनि निरन्तर छ । गायक प्रमोद खरेलको गीत ‘आउँदैछु म’, अनुप रेग्मीको ‘सपनामा उसलाई’, ‘कहाँ किन हो’, ‘यो कथा’ लगायतका चर्चित गायक गायिकाको दर्जन बढी गीतमा मोडलिङ गरिसकेका गिरीले डिसहोम, चौधरी ग्रुप, ग्लोबल आइएममी बैंक, भाइनेट, आरती राइसलगायत थुप्रै राम्रा ब्राण्डको विज्ञापनसमेत अभिनय गरेका छन् । उनी चौधरी ग्रुपको २०१७, २०१८ मा ब्राण्ड एम्बेसडरसमेत रहेका थिए ।

नेपालमा अन्तर्राष्ट्रिय मोडलिङ सो र प्रतियोगिता आयोजना गर्दै आएको नेस्ट मोडल एजेन्सीले आयोजना गरेको मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट’ मा मस्टपपुलर मेल मोडल अवार्ड जित्न सफल गिरी चलचित्र क्षेत्रमा ह्याण्डसम र स्टाइलिस अभिनेताको रुपमा समेत परिचत छन् । उनले नेपाली चलचित्रको माध्यमबाट कला र संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन सकिने र त्यसो गर्न सफल भएमात्र नेपाली कलाकारको अन्तर्राष्ट्रिय छवि बन्ने विचारका व्यक्त गरे । एक बलिउड चलचित्रमा पनि छिट्टै देखिने तर्खरमा रहेका उनले चलचित्रको नाम भने बताउन चाहेनन्, र भने ‘केही समय फिल्मको नाम गोप्य राख्न भनिएको छ । त्यसैले बताउन सक्दिन । समय आएपछि थाहा हुनेछ ।’ बलिउड चलचित्रमा आफू लगायत केही युनिटसमेत नेपाली रहने उनले जानकारी दिए । बलिउड र नेपालीका साथै उनले केही भोजपुरी चलचित्रमा समेत अफर आएको बताए । भोजपुरी चलचित्रको अहिले कथा पढिरहेकाले काम गर्ने या नगर्ने निश्चित नभएको उनी बताउँछन् । कलाकारितामा लागेर थुप्रै अवार्डसमेत हात पारेका जीवनसँग रियालटी सो तथा थुप्रै सौन्दर्य प्रतियोगिताको निर्णायक बनेको अनुभव समेत रहेको छ ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८०९:३८

डबल तनावमा देउवा !