बंगालको खाडी/अरबियन सागरबाट भिषण पानी पार्ने हावा आउँदै, मौसममा व्यापक परिवर्तन !

काठमाडौँ – नेपालको मौसममा थप परिवर्तन हुने भएको छ। बंगालको खाडी / अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रा आउने भएसँगै नेपालको मौसममा थप परिवर्तन हुने भएको हो।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले सो सम्बन्धमा एक विशेष बुलेटिन नै जारी गरेर जानकारी गराएको छ। महाशाखाका अनुसार मनसुन न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने तथा बंगालको खाडी / अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेको छ।

त्यस्तो हुँदा साउन २ गते देखि साउन ४ गते सम्म देशका धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केहि स्थानहरुमा र बाकी प्रदेशका थोरै स्थानहरूमा भिषण वर्षाको सम्भावना रहेको छ।

मौसममा हुने थप परिवर्तनसँगै ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिन निम्न छ –

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मनसुन बुलेटिन-५(Special Monsoon Bulletin 5)

(जारी मितिः २०७८/०३/३१ बिहान ११:०० बजे)

हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । आगामी मिति २०७८/०४/०२ बाट मिति २०७८/०४/ ०४ सम्म मनसुन न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने तथा बंगालको खाडी / अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केहि स्थानहरुमा र बाकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा/ धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

प्रकाशित : बिहिबार, असार ३१, २०७८१३:५९

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब!