एजेन्सी – बलिउड अभिनेता आमिर खानले केहि समय अगाडी मात्रै श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद भएको घोषणा गरेका थिए। विभिन्न निजी कारणले गर्दा आफूहरु छुट्टिने निर्णयमा पुगेको भनाई थियो। सम्बन्ध विच्छेद गरेपश्चात दुवै लगातार चर्चामा छन्।
सम्बन्ध विच्छेद पछि पनि यी दुई विभिन्न अवसरहरुमा सँगै देखिँदै आएका छन्। भारतीय मिडियाहरुका अनुसार पहिला सार्वजनिक रुपमा खासै एक साथ नदेखिने खान र राव अहिले सँगै देखिन थालेका छन्।
पछिल्लो समय यी दुई भारतको लद्दाखमा एकसाथ देखिएका छन्। लद्दाखमा हुँदाको एक भिडियो सामाजिक संजालमा यति बेला भाइरल छ। उक्त भाइरल भिडियोमा आमिर र किरण सँगै देखिएका छन्। लद्दाखको परम्परागत कपडामा सज्जिएर दुवै नाचेको भिडियोमा देख्न सकिन्छ। सम्वन्ध विछेद पछि पनि एक साथ देखेर दुवैका प्रशंसक उत्साहित भएका छन्।
किन छन् लद्दाखमा ?
आमिर खान छिट्टै नै चलचित्र ‘लाल सिंह चड्ढा’मा देखिँदैछन्। उक्त चलचित्रमा आमिर एक पटक पुनः करिना कपूरसँग देखा पर्नेछन्। यस भन्दा गाडी यी दुईको जोडीलाई चलचित्र ‘थ्री इडियट्स’मा देखिएका थिए। सोहि चलचित्रको छायाँकनका लागि आमिर लद्दाख पुगेका हुन्। आमिरसँगै किरण पनि लद्दाख पुगेको बताइन्छ।
आमिर र किरणले जुलाई महिनाको शुरुवातमा सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्। यी दुई करिब १५ वर्ष देखि सँगै थिए। सम्बन्ध विच्छेदको घोषणा गर्नेक्रममा उनीहरुले आफू श्रीमान श्रीमती भन्दा पनि आफ्ना सन्तानको माता-पिताको रुपमा रहने बताएका थिए।
View this post on Instagram

