आजबाट सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो, वृद्धभत्ता पनि ४ हजार पुग्यो !

काठमाडौँ – आर्थिक वर्ष २०७८-७९ को आज पहिलो दिन। आजबाट निवर्तमान केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट पूर्ण रुपमा लागू भएको छ।

बजेट लागू भएसँगै आजबाट सरकारी कर्मचारीको तलब बढेको छ। आजबाट सरकारी कर्मचारीले पाउँदै आएको तलब सुविधामा थप दुई हजार पाउनेछन्। निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि तलब आजबाट २ हजारले बढेको छ।

त्यस्तै आजबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। सामाजिक सुरक्षा भत्ता बढेसँगै अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। यस अगाडी वृद्धवृद्धाले ३ हजार भत्ता पाउँदै आएका थिए।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१०:२१

‘हजुर बुवा बन्ने उमेरमा तेस्रो पत्नी खोज्ने?’ भन्दै यी व्यक्तिले आमिरलाई गरे यस्तो विवादित कमेन्ट!