बिजेपी सांसदले आमिर खान र किरण रावको सम्बन्ध विच्छेदको बारेमा विवादित बयान दिएका छन् । उनले आमिरलाई हजुर बुवा बन्ने उमेरमा तेस्रो श्रीमती खोज्दै गरेको भनेका छन् ।
भारतको मध्य प्रदेशका संसद सुधिर गुप्ताले आमिरलाइ देशमा जनसंख्या असन्तुलन हुनुको दोष दिएका छन्। अहिले संसद सुधिरको बयानले विवाद खडा गरेको छ । विश्व जनसंख्या दिवसका अवसरमा संसद सुधीर गुप्ताले भने अभिनेता आमिर हजुर बुवा बन्ने उमेरमा तेस्रो पत्नीको खोजिमा छन् ।
भाजपा नेताले भने “खान जस्ता मान्छेहरूको अण्डा बेच्न बाहेक अरू कुनै काम गर्ने दिमाख हुदैन । खान जस्तो मान्छेसँग अरु काम गर्ने दिमाख हुदैन । यिनाहरु मात्र अण्डा बेच्न सक्छन् ।”
गत हप्ता आमिर खान र उनकी श्रीमती किरण रावले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । यी दुइले बिवाह भएको १५ बर्षपछि छुट्टिने निर्णय गरेका हुन् । उनीहरु दुइ अलग भए पनि छोरा आजादको लागि अभिभावक रहिरहने निर्णय गरेका छन् । आमिर र किरणले सन २००५ मा बिवाह गरेका थिए।
आमिर र किरणको सम्बन्ध बिच्छेदको बयान पछि आमिरको घनिष्ट मित्र आसीन हाजीले दुबलाई संगै रहन भनेर निकै कोशिस गरेका छन् ।
आमिर र किरणको नजिकका धेरै साथिहरुले उनीहरुलाई मिलाउन निकै कोशिस गरे तर उनीहरुको निर्णय बदल्न सकेनन् । आमिर र किरणको सम्बन्ध बिच्छेदमा उनीहरुको फ्यानले सामाजिक सञ्जाल मार्फत दुख ब्यक्त गरेका थिए ।