आज साउन १ गते, कति छ सुनचाँदीको भाउ? हेर्नुहोस!

काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९३  हजार २ सय कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ४ सय, सोमबार ९२ हजार २ सय, मंगलबार ९२ हजार ४ सय, बुधबार ९२ हजार ७ सय रुपैयाँ र बिहिबार ९३ हजार २ सय रुपैयामा कारोबार भएको थियो।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।  आज तेजाबी सुन ९२ हजार ७  सय रुपैयाँमा कारोबार भैरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ९ सय, सोमबार ९१ हजार ७ सय, मंगलबार ९१ हजार ९ सय, बुधबार ९२ हजार २ सय र बिहिबार ९२ हजार ७  सय  रुपैंयाँमा कारोबार भएको थियो।

आज सुन ३०  दिन यताकै महँगो!

बिहिबार र शुक्रबार कायम भएको सुनको मूल्य ३० दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य असार १ गते यताकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन । आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा  १३ सय २० रुपैंयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८११:३३

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नै नेप्सेमा उछाल, यी ५ कम्पनीका लगानीकर्ता मालामाल !