मोरिबालाई लिएर बार्सिलोना र रियल बीच टसल !

एजेन्सी – युवा खेलाडी आइलक्स मोरिबासँग सम्झौता थप गर्ने क्याटलान क्लब बार्सिलोनामा रियल म्याड्रिडका कारण बाधा पुगेको छ। पछिल्लो पटक मोरिबासँग सम्झौता थप गर्न बढिरहेको संवादमा रियल म्याड्रिडका कारण बाधा पुगेको बार्सिलोनाले निष्कर्ष निकालेको हो।

मोरिबासँग थप सम्झौता गर्ने विषयमा भैरहेको छलफल एकाएक बन्द भएपछि बार्सिलोनाले त्यसमा रियल म्याड्रिडको भूमिका हुन सक्ने अनुमान गरेको छ।

अहिले उच्च प्राथमिकतामा रहेका र धेरैको ध्यान तानेका मोरिबा बार्सिलोनासँग सन् २०२२ सम्मका लागि अनुबन्धित छन्। आउने वर्ष नै सम्झौता सकिने हुँदा बार्सिलोनाले अहिले नै सम्झौता थप गर्न चाहिरहेको छ। केहि समय अगाडी मोरिबा पक्षसँग बार्सिलोनाले छलफलको प्रयास गरेको थियो। तर, सम्झौता थप गर्ने छलफल एकाएक ठप्प जस्तै भएको छ।

मोरिबा ला मासिया एकेडेमीका उत्पादन हुन्। एकेडेमी हुँदै बार्सिलोनाको प्रमुख टोलीमा समेत सामेल भैसकेको अवस्थामा उनले सम्झौता थप गर्ने नगर्ने भन्ने विषय अन्योलमै छ। एक खबरका अनुसार बार्सिलोनाले मोरिबालाई सक्दो छिटो सम्झौता थप गर्न सुझाव दिरहेको छ।

मोरिबाले सम्झौता थप नगरेको खण्डमा क्लबको सिनियर टोलीसँग खेल्ने मौकाबाट वन्चित गर्ने बार्सिलोनाको योजना रहेको छ। त्यस विषयलाई क्लबले मोरिबालाई स्पष्ट भाषामा भनिसकेको बताइन्छ।

मोरिबाको विकासमा ठूलो लगानी भएका कारण पनि बार्सिलोना उनलाई सहजै गुमाउने मनस्थितमा देखिँदैन। सन् २०१९ मा बार्सिलोनाले ३ सिजनका लागि मोरिबासंग १ मिलियन युरो बराबरको सम्झौता गरेको थियो।

पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने मोरिबाको विषयमा रियल र बार्सिलोना बीच टसल हुने देखिन्छ। बार्सिलोना आफ्नो उत्पादनलाई सहजै गुमाउन चाहँदैन भने रियलले अनि मोरिबा जस्तो क्षमतावान खेलाडीको महत्व बुझेको छ।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१७:०२

ब्यालोन डो’ओर जित्ने चर्चा चलेपछि जोर्गीन्होले भने – ‘मैले जति उपाधि कसैले पनि जितेको छैन’