सामाजिक सञ्जालमा पनि मेस्सी र रोनाल्डो बीच प्रतिस्पर्धा, मेस्सीले तोडे रोनाल्डोको यस्तो रेकर्ड !

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले कोपा अमेरिका २०२१ उपाधिसंगै आफ्नो अन्तराष्ट्रिय उपाधिको खडेरी तोड्न सफल भएका छन्। ३४ वर्षीय दिग्गज फरवार्ड प्रतियोगिताका उच्च गोलकर्ताका साथै उत्कृष्ट खेलाडी पनि घोषित भए। ४ पटक फाइनलमा पुगेर पनि एक पनि उपाधि जित्न नसकेका मेस्सी ५ औं पटक भाग्यमानी साबित भए।

२८ वर्षपछि अर्जेन्टिनालाई प्रमुख प्रतियोगिताको विजेता बनाउन मूख्य भूमिका खेले। उनले प्रतियोगिताभर ४ गोल गर्नुका साथै थप ५ गोलमा असिस्ट पनि प्रदान गरे। कोपा उपाधि जितेपछि मेस्सीले रिपोर्टरसंग बि बोल्दै भने,”मैले महसुस गरेको खुशीको व्याख्या गर्न सकिंदैन। पहिले मैले हार देखेको छु तर यो समय मेरो लागि नै हो भन्ने लागेको थियो।”

मेस्सी तथा सारा फुटबल समर्थक नै मेस्सीको यो जीतमा निकै खुसी रहेका छन्। फुटबल जगतका सर्वोत्कृष्ट खेलाडीको बहस हुँदा मेस्सीको विपक्षमा एउटै कुरा जाने गर्थ्यो; त्यो हो अन्तराष्ट्रिय उपाधिको कमी। तर अब भने यो कुरा पनि पूरा भएको छ। त्यस्तै, सामाजिक सञ्जालमा पनि मेस्सीको यो जीत निकै नै खास बनेको छ।

मेस्सीले आफ्नो इन्स्टाग्राममा कोपा अमेरिका ट्रफीसंग साझा गरेको फोटो हालै मात्र इन्स्टाग्राममा सबैभन्दा लाइक प्राप्त गर्ने खेल जगतको पोस्ट बन्न सफल भएको छ। उनले उनका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले बनाएको रेकर्ड तोडेका हुन्। कोपा अमेरिका च्याम्पियन बनेसंगै मेस्सीले कोपा ट्रफीसंग आफ्नो फोटो साझा गर्दै क्याप्सनमा लेखेका थिए,”कस्तो सुन्दर पागलपन! यो अविश्वसनीय छ! धन्यबाद, भगवान! हामी च्याम्पियन बन्न सफल भयौं ! ”

यो समयसम्म मेस्सीको उक्त पोस्ट झन्डै २० मिलियन मानिसले लाइक गरेका छन्। यसअघि यो रेकर्ड रोनाल्डोले अर्जेन्टिनी दिग्गज म्याराडोनाको निधन प्रति दिएको श्रद्धांजलि पोस्टले बनाएको थियो।

प्रकाशित : आइतबार, साउन ०३, २०७८११:४५

यी हुन् विश्वकप २०२२ जित्ने १५ प्रमुख दाबेदार राष्ट्र, मेस्सी र रोनाल्डोको टोलीको कति सम्भावना ?