नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नै नेप्से हरियाली भएको छ। पछिल्लो केहि समय निकै निराशजनक रहँदै आएको नेप्से परिसूचक आइतबार भने ठुलो छलाङ मारेको छ। आज २८९२.४७ बिन्दुबाट शुरु भएको नेप्से ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो ।
२२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरीदबिक्री भएको दिन सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ । यस दिन कुल ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो ।
आइतबार पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स कम्पनी, नाग्दी ग्रुप पावर, सिन्धु विकास ब्यांक, र सिंगटी हाइड्रोको शेयर १० प्रतिशतले बढेको हो।
कारोबारको हिसाबले आज सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीको ३६ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै, सबैभन्दा बढी शेयरमूल्य गुमाउनेमा एनआइबीएल समृद्धी फण्ड रहेको छ। यस कम्पनीको शेयर मूल्य आइतबार ६ प्रतिशतले घटेको हो।