गत असार २८ गतेको सर्वोच्च अदालतको निर्णयपछि पुनः स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट सम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न ४ बजे शुरु भएको बैठकमा निर्धारित कार्यसूचीअनुसार अध्यादेश पेस भइ शोक प्रस्ताव पारित भएको छ। जसपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।
अब १५ मिनेटपछि सुरु हुने बैठकमा नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउबाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को खनाल–नेपाल समूहका केही सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने बुझिएको छ।