नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन्। आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा प्रधानमन्त्री देउबाले विश्वासको मत मागेका हुन्। संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दुबाले अनुमति पाएका हुन्। संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।
कांग्रेस सभपति समेत रहेका देउबा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापना गरेपछि देउबा प्रधानमन्त्री बनेका हुन्। उनले पद पाएको ५ दिनमा नै विश्वासको मत लिन लागेका हुन्। संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।