रामोस भन्छन् – ‘मेस्सी जहिले पनि मेरो रोजाइमा पर्ने खेलाडी हुन्’

एजेन्सी – रियल म्याड्रिडबाट पूर्व कप्तान सर्जियो रामोसले आफ्नो रोजाईमा जहिले पनि लियोनेल मेस्सी पर्ने बताएका छन्।

केहि समय अगाडी मात्रै पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका रामोसले एक मिडियासंग कुराकानी गर्नेक्रममा मेस्सी रोजाईमा पर्ने खेलाडी रहेको बताएका हुन्। आफूलाई जहिले पनि उत्कृष्ट खेलाडीसंग खेल्न मनपर्ने भन्दै रामोसले मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक रहेको बताए।

उनले भने,”म सधैं उत्कृष्ट खेलाडीहरु सँग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट खेलाडीमा पर्छन् । मैले सधैं भन्दै आएको छु की मेस्सी मेरो रोजाइमा पर्ने खेलाडी हुन्।”

रामोसले स्म्पेनिस लालिगा क्लब रियल म्याड्रिडमा डेढ दशक भन्दा बढी समय रहेका थिए। सन् २००५ मा रियल पुगेका उनी यहि महिना मात्र पिएसजी पुगेका हुन्। रियलमा रहेर उनले कयौं उपाधि जितेका थिए।

मेस्सी र रामोस एक अर्काका पूराना प्रतिद्वन्दी हुन्। रामोस रियलमा सन् २००५ देखि छन् भने मेस्सी पनि सन् २००५ देखि बार्सिलोनामा छन्। १५ वर्ष भन्दा बढी समय यी दुईले एक अर्का विरुद्ध खेले। मेस्सी र रामोस दुवै सबै भन्दा बढी एल क्लासिकोमा देखा पर्ने खेलाडी पनि रहेका छन्। मेस्सी र रामोस अहिले सम्म ४५-४५ पटक देखा परेका छन्।

त्यस्तै रामोसले नेयमारसंगको सम्बन्ध बारे पनि टिप्पणी गरेका छन्। नेयमार बार्सिलोनामा हुँदा आफ्नो सम्बन्ध सुमधुर रहेको पनि बताएका छन्। व्यक्तिगत रुपमा आफूहरुको सम्बन्ध धेरै राम्रो रहेको उनले बताए।

प्रकाशित : सोमबार, साउन ०४, २०७८२१:४९

लेवान्डोव्स्की माथि चेल्सीको नजर, बायर्न पनि सकारात्मक ! सफल होला ट्रान्सफर ?