एजेन्सी – बायर्न म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्की माथि प्रिमियर लिग क्लब चेल्सीको नजर परेको छ। प्प्रिमियर लिगको नयाँ सिजन शुरु हुनै लाग्दा चेल्सीले लेवान्डोव्स्की माथि नजर लगाएको हो।
जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार फुटबलर एर्लिङ ब्राउट हालाण्डलाई अनुबन्ध गर्ने प्रयास असफल भएपश्चात चेल्सीको ध्यान लेवान्डोव्स्की तर्फ केन्द्रित भएको विभिन्न खेल संचार माध्यमहरुले जनाएका छन्।
लेवान्डोव्स्कीको ट्रान्सफरलाई लिएर चेल्सी गम्भीर भएको बताइन्छ। लेवान्डोव्स्कीलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले जर्मन च्याम्पियनलाई समपर्क गरिसकेको र छलफल भैरहेको बताइन्छ।
केहि समय अगाडी चेल्सीलले हालाण्डलाई भित्र्याउने प्रयास गरेको थियो। तर डर्टमण्डसँग आर्थिक पक्षमा सहमति हुन नसक्दा चेल्सी ब्याक भएको थियो। अहिले चेल्सीले हालाण्डको सट्टामा लेवान्डोव्स्की सबै भन्दा उत्तर विकल्प हुन सक्ने निषकर्ष निकालेको बुझिएको छ।
बायर्न पनि तयार
लेवान्डोव्स्कीको ट्रान्सफरका लागि बायर्न पनि तयार रहेको देखिएको छ। विभिन्न खबरका अनुसार लेवान्डोव्स्कीको ट्रान्सफरको विषयमा चेल्सीसंग छलफलका लागि तयार हुनु लेवान्डोव्स्की ट्रान्सफरको कडी बन्न सक्छ।
बायर्नमा लेवान्डोव्स्कीको सम्झौता सन् २०२३ सम्म छ। तर पनि लेवान्डोव्स्कीको ट्रान्सफर यहि समयमा हुन सक्छ। लेवान्डोव्स्कीका लागि चेल्सी ५० मिलियन पाउण्ड सम्म तिर्न तयार रहेको छ।
प्रिमियर लिगमा खेल्न लालायित लेवान्डोव्स्की
प्रिमियर लिग प्रति लेवान्डोव्स्कीको चासो कुनै नौलो होइन। उनले विभिन्न अवसरहरुमा आफू प्रिमियर लिगमा खेल्न इच्छुक भएको बताइसकेका छन्। एक अन्तर्वार्ताका क्रममा लेवान्डोव्स्कीले प्रिमियर लिगमा खेल्नु एक आकर्षक अनुभव हुने बताएका थिए।

