झुपडीमा बाल्यकाल बिताउन बाध्य यी फुटबल स्टार अहिले छन् अरबौंको मालिक !

‘गेम अफ द पिपुल’ भनेर चिनिने फुटबल खेल दुनियाको सबैभन्दा प्रसिद्ध खेल हो। संसारभर लाखौँ खेलाडीको जीवन फुटबलले नै परिवर्तन गरेको छ। व्यावसायिक फुटबलले थुप्रै खेलाडीलाई जिरोबाट हिरोसम्मको यात्रा तय गराएको छ।

तर फुटबल क्षेत्रमा सफल हुनको लागि त्यति सहज भने कतै छैन। एक फुटबलरलाई टप लेभलमा पुग्नको लागि धेरै त्याग गर्नुपर्छ। यस्तोमा, आजको फुटबल जगतमा यस्ता खेलाडी पनि छन् जो गरिबीसँग लडेर आज विश्व फुटबलमा प्रसिद्ध नाम बन्न सफल भएका छन्। आज हामी यस्ता ५ फुटबल स्टारको बारेमा बताउँछौं जसले फुटबल जगतमा सफल हुनको लागि नाजुक भन्दा नाजुक स्थितिबाट गुज्रिनु परेको थियो।

१. क्रिस्टियानो रोनाल्डो 

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई अहिले फुटबल इतिहासकै सर्वोत्कृष्ट मध्ये एक खेलाडी मानिन्छ। उनी विश्वकै सबैभन्दा धनी फुटबल खेलाडी पनि हुन्। हाल इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका रोनाल्डोको जन्म फेब्रुअरी ५, १९८५ मा भएको थियो। आफ्नो प्राय: जसो बाल्यकाल गरिबीमा बिताएका रोनाल्डोले अहिलेको स्थितिमा आइपुग्नको लागि हामीले सोचेको भन्दा कयौं गुणा बढी मेहनत गरेका छन्। हाल रोनाल्डोको कुल सम्पति ४६० मिलियन भन्दा बढी रहेको छ।

२. लुइस सुवारेज 

पूर्व बार्सिलोना सुपरस्टारलाई पनि कुनै परिचयको आवश्यक पर्दैन। गरिबी बाल्यकाललाई पछि पार्दै अहिले विश्व फुटबलमा नाम बनाउन सफल सुवारेजले आफू सानोमा हुँदा जुत्ता किन्ने पैसा समेत नभएर खाली खुट्टा फुटबल खेल्न गरेको बताइन्छ। हाल ७० मिलियन भन्दा बढी सम्पतिका मालिक रहेका सुवारेजलाई आफ्नो पुस्ताका सबैभन्दा घातक स्ट्राइकर मानिन्छ।

३. ज्लाटान इब्राहिमोभिक 

३ अक्टोबर, १९८१ मा जन्मेका ज्लाटानले आफ्नो करियरमा ५०० भन्दा बढी गोल गरिसकेका छन्। २ वर्षको उमेरमा आफ्ना अभिभावकको सम्बन्ध विच्छेद भएपछि उनको बाल्यकाल पनि गरिबीमा बित्यो। उनले आफू बाच्नको लागि चोरी समेत गरेको बताउँछन्। उनी १८ वर्षको उमेरसम्म पनि आफ्नो क्षमता बारे अन्जान थिए। ९० मिलियन भन्दा बढी सम्पतिका मालिस अहिले निकै विलासी जीवन बिताइरहेका छन्।

४. साडियो माने 

लिभरपुल स्टारको जन्म अप्रिल १०, १९९२ मा भएको थियो। उनले गरिबीको कारण बाल्यकालमा राम्रो शिक्षा समेत प्राप्त गर्न सकेनन्। हाल २४ मिलियन बराबरको मालिक रहेका मानेको सफलताको यात्रा पनि निकै कठिन रहेको छ। आफ्नो बाल्यकाल गरिबीमा बिताएका माने अहिले आफूले सकेसम्म गरिब बच्चाहरुलाई आवश्यक अनुसार सहयोग गर्ने गर्छन्।

५. लुका मोड्रीच 

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रोएसियाका कप्तान लुका मोड्रीचको जन्म १९८५, सेप्टेम्बर ९ मा भएको थियो। १९९१ मा क्रोसियाली स्वतन्त्रता युद्ध सुरु हुँदा उनी मात्र ५ वर्षका थिए जसमा उनले आफ्ना हजुरआमाका साथै घर-सम्पति सबै गुमाए। उनको परिवार शरणार्थी शिविरमा बस्न बाध्य भयो। तर यी सबै समस्याको बाबजुद पनि उनी फुटबल जगतमा सफल भए। हाल उनी विश्वकै सर्वोत्कृष्ट मिडफिल्डर मध्ये एक मानिन्छन्। हाल उनी ७ मिलियन भन्दा बढी सम्पतिका मालिक छन्।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१३:००

ओलम्पिक गोल्ड मेडल: मेस्सी र नेयमारले जितेका छन्, रोनाल्डोले छैनन् ! जित्नेमा अरु को-को ?