ओलम्पिक गोल्ड मेडल: मेस्सी र नेयमारले जितेका छन्, रोनाल्डोले छैनन् ! जित्नेमा अरु को-को ?

एजेन्सी – ओलम्पिकमा फुटबल सिनियर स्तरमा खेलिदैन, अन्डर २३ स्तरमा मात्र खेल्ने गरिन्छ। ओलम्पिकमा हुने फुटबल प्रतियोगिताका लागि २३ वर्ष भन्दा कम उमेरका खेलाडीहरु मात्र योग्य हुन्छन्।

सन् १९९३ को बार्सिलोना ओलम्पिक देखि अन्डर २३ को नियम लागू भएको थियो। ओलम्पिक फुटबल र विश्वकप फुटबल बीच प्रतिष्पर्धा नहोस् भन्नका लागि अन्डर २३ को नियम लागू गरिएको हो।

करियरको शुरुवाती चरणमा चर्चित धेरै खेलाडीहरुले ओलम्पिक फुटबलमा सहभागी भएका छन्। लियोनेल मेस्सी, सर्जियो अगुएरो, कार्लोस तेभेज र शमूएल इटो जस्ता खेलाडीले ओलम्पिकमा भाग मात्र लिएका छैनन्, गोल मेडल पनि जितेका छन्। इटोले सन् २००० मा क्यामरुनबाट खेल्दै गोल्ड मेडल जितेका थिए। पछि गएर उनी सर्वश्रेष्ठ अफ्रिकी स्ट्राइकरको रुपमा उदाएका थिए। साथै उनले बार्सिलोनामा रहेर पनि उत्कृष्ट फुटबल खेलेका थिए।

त्यस्तै लियोनेल मेस्सी, सर्जियो अगुएरो र एन्जेल डि मारियाले पनि गोल्ड मेडल जितिसकेका छन्। सन् २००८ मा अर्जेन्टिनाले बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जित्दा तीनै जना टोलीका अभिन्न हिस्स थिए। वर्तमान म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला र स्पेन राष्ट्रिय टीमका प्रशिक्षक लुइस एनरिक पनि गोल्ड मेडल जित्नेमा पर्छन्। दुवैले सन् १९९२ मा स्पेनबाट गोल्ड मेडल जितेका थिए। पछिल्लो ओलम्पिकमा ब्राजिलले गोल्ड मेडल जित्दा नेयमार पनि टीमका हिस्सा थिए।

विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा विभिन्न उपाधि जित्न सफल भएपनि ओलम्पिकमा गोल्ड मेडल भने जित्न सकेका छैनन्। रोनाल्डो सन् २००४ को ओलम्पिकमा सहभागी भएपनि उनको पोर्चुगलले कुनै मेडल जित्न सकेको थिएन। उनले त्यसबेला एक गोल गरेका थिए।

ओलम्पिक गोल्ड मेडल जित्ने केहि चर्चित फुटबल खेलाडी निम्न छन् –

खेलाडी देश वर्ष
लुइस एनरिक स्पेन १९९२
पेप गार्डियोला स्पेन १९९२
न्वान्को कानू नाइजेरिया १९९६
शमूएल ईटो क्यामरून २०००
रोबर्टो आयला अर्जेन्टिना २००४
जेभियर माचेरानो अर्जेन्टिना २००४
कार्लोस तेवेज अर्जेन्टिना २००४
पाब्लो जाबालेटा अर्जेन्टिना २००८
जुआन रोमन रिकेलमे अर्जेन्टिना २००८
एन्जिल डि मारिया अर्जेन्टिना २००८
जेभियर माचेरानो अर्जेन्टिना 2008
लियोनेल मेस्सी अर्जेन्टिना २००८
सर्जियो अगुरो अर्जेन्टिना २००८
गेब्रियल जिसस ब्राजिल २०१६
नेयमार ब्राजिल २०१६
मार्क्विनहोस ब्राजिल २०१६
प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१४:०९

इटालीलाई जिरोबाट हिरो बनाएका प्रशिक्षक भन्छन् – ‘विश्वकप कि हामी जित्छौं, कि स्पेनले जित्छ’