सुन ८ दिन यताकै सस्तो, चाँदी यस वर्षकै ! कति छ मूल्य ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबारका दिन तोलामा ४ सय रुपैंयाँले बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले घटेको छ। जससँगै आज छापावाला सुन ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाल बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैंयाँले नै घटेको छ। आज तेजाबी सुन ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ६ सय, सोमबार ९२ हजार ८ सय र मंगलबार ९३ हजार २ रुपैंयाँ थियो भने तेजाबी सुनको मूल्य आइतबार ९२ हजार १ सय, सोमबार ९२ हजार ३ सय र मंगलबार ९२ हजार ७ सय रुपैंयाँ थियो।

आज सुन ८ दिन यताकै सस्तो रहेको छ। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य असार २९ गते यताकै कम रहेको छ। त्यस दिन छापावाला सुन ९२ हजार ४ सय र तेजाबी सुन ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य रु २० ले घटेर १२ सय ६० कायम भएको छ।

आज कायम भएको चाँदीको मूल्य यस वर्षकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार चाँदी आज जति सस्तो २०७८ मा भएको थिएन। गत वर्षको अन्तिम दिन अर्थात चैत ३१ गते १२ सय ६० रुपैंयाँमा कारोबार भएपछि आज नै चाँदी धेरै सस्तो भएको हो।

प्रकाशित : बुधबार, साउन ०६, २०७८११:१३

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ, अहिलेसम्मकै बढी सङ्क्रमित भेटिए !