घटेन कोरोना संक्रमण दर, २४ घण्टामा थपिए २८३८ संक्रमित !

पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ भने एन्टिजेन विधिबाट ५१ हजार ५८४ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ७१५ जनाको पिसिआर परीक्षण तथा ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ९१८ तथा एन्टिजेनबाट ९२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३४ लाख ९५ हजार ६९ जना पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ४०२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ६३७ पुगेको छ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१७:११

रेडबुल बेच्ने चार जना पक्राउ !