कान्छो भाइ जेहसंग मख्ख देखिइन् सारा, सार्वजनिक गरिन् यस्तो तस्विर !

एजेन्सी – बलिउड अभिनेत्री सारा अलि खानले बकर इद मनाएकी छन्। साराले सैफ अलि खानको घर पुगेर मनाएकी हुन्। अमृता सिंह र सिफ बीच सम्बन्ध विच्छेद भएपछि आमा अमृतासंग बस्न्दै आएकी साराले बुधबार सैफ र करीना कपूरसँगै बकरइद मनाएकी हुन्।

साराले इद मनाउँदै गरेको एक तस्विर पनि सार्वजनिक गरेकी छन्। सार्वजनिक तस्विरमा उनका भाइ इब्राहिम बाहेक सैफ, तैमुर र जेह पनि देखिएका छन्।

तैमुर र जेह करीना कपूर पतिका भाइहरु रहेका छन्। केहि दिन अगाडी मात्र करीनाले आफ्नो कान्छो छोराको तस्विर सार्वजनिक गर्दै नाम पनि सार्वजनिक गरेकी थिइन्। साराले करीना तर्फका कान्छो भाइ जेहलाई काखमा लिएर तस्विरमा देखिएको छ।

जेहसँगैको तस्विर अपलोड गरेपनि साराले जेहको अनुहार पनि छोपेकी छन्। तस्विर सार्वजनिक गर्दै साराले बकरइदको सबैमा शुभकामना पनि व्यक्त गरेकी छन्।

आमा अमृतासँग बस्दै आएपनि सारा सैफसंग पनि उत्तिकै नजिक रहेकी छन्। विभिन्न अवसरहरुमा उनी सैफलाई भेट्न पुग्ने गरेकी छन्। साराको करीनासंग पनि राम्रो सम्बन्ध रहेको बताउने गरिन्छ।

कामको कुरा गर्नुपर्दा सारा पछिल्लो पटक चलचित्र ‘कुली नंबर वान’मा देखा परेकी थिइन्। उक्त चलचित्रमा साराको अभिनयले दर्शकलाई खासै खुशी बनाउन सकेको थिएन। सारा आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ मा देखिने छिन्।

प्रकाशित : बुधबार, साउन ०६, २०७८२३:०८

पति जेल परेपछि चर्चामा आयो शिल्पाको यस्तो पोस्ट, राज जेल पर्ने पहिले नै थाहा पाएको आशंका !