छिट्टै खुल्दै यस कम्पनिको आईपीओ, सर्वसाधारणको भागमा कति ?

काठमाडौँ, साउन ७ । यही  साउन १४ गतेदेखि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  निष्काशन गर्नेछ ।

केहि समय अगाडी मात्र आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनिले साउन १४ गतेबाट आईपीओ निष्कासनका लागि आवेदन खुला गर्न लागेको हो। र साउन १८ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनिले निष्काशन गर्ने ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७ सय २६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले  आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसँगै सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै मेरो शेयरको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१६:१०

नेप्से परिसूचक ३ हजार माथि, ५ कम्पनीको शेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट !