किन घटना कोरोना संक्रमण दर ? निको हुनेको भन्दा संक्रमितको संख्या दोब्बर भन्दा बढी !

पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ भने एन्टिजेन विधिबाट ५२ हजार ४४३ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार १२२ जनाको पिसिआर परीक्षण तथा ३ हजार ७०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ८५५ तथा एन्टिजेनबाट ८५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३५ लाख ४ हजार १९१ जना पुगेको छ । हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ६६१ पुगेको छ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१७:२१

अहिले कालो बादल मडारिएको छ: वरिष्ठ नेता नेपाल