काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्प गएको छ । सुक्रबार  बिहान ७ बजेर ५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो । उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

अर्को समाचार:

 

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८०७:१३

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर गयो भूकम्पको कडा धक्का, कति रेक्टर?