“सुआरेजको च्याम्पियन बन्ने भोक र इखले एटलेटिकोलाई च्याम्पियन बनायो”

एजेन्सी – एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीले लुइस सुआरेजका कारण क्लबलाई धेरै फाइदा पुगेको बताएका छन्। एक पत्रिकालाई अन्तर्वार्ता दिनेक्रममा सिमोनीले एटलेटिकोलाई लालिगा च्याम्पियन बनाउन लुइस स्वारेजले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

मार्कालाई अन्तर्वार्ता दिनेक्रम सिमोनीले सुआरेजको आगमनसँगै क्लबको रफ्तारमै परिवर्तन आएको बताए। उनका अनुसार सुआरेजका कारण एटलेटिको सशक्त भएको थियो। बार्सिलोनाबाट निकालिएका सुआरेजको च्याम्पियन बन्ने भोकले क्लबका अन्य खेलाडीहरुलाई पनि प्रेरित गरेको सिमोनीले सुनाए।

सिमोनीले भने,”सुआरेजको प्रतिस्पर्धी भोकका कारण नै क्लबमा परिवर्तन आएको भन्न पक्कै सकिन्छ। पहिला क्लबको आक्रमण पङ्ती सशक्त थिएन। तर सुआरेजका कारण परिवर्तन आयो।”

हाल फुटबल वृत्तमा सुआरेजको स्तरका खेलाडी कमै रहेको पनि सिमोनीले बताए। सुआरेज पछाडी आफूहरु बलियो खडा हुन सकेको खण्डमा क्लबले अत्यन्त राम्रो प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको पनि उनले सुनाए।

“हामीले बुझ्यौं कि यदि सुआरेजका पछाडि हामी बलियो रहन सक्यौं भने उनले हामीलाई अगाडी बढाउनेछन्। सबैभन्दा कठिन समयमा सुआरेज प्रभावकारी हुनेमा हामी स्पष्ट थियौं।”,सिमोनीको भनाई छ।

एन्टोइन ग्रिजम्यान बारे यस्तो टिप्पणी

सिमोनीले ग्रिजम्यानसंग आफ्नो धेरै नै राम्रो सम्बन्ध रहेको पनि बताए। आफूहरु पारिवारिक रुपमा नजिक रहेको खुलासा पनि उनले गरे। आफ्नो र उनको परिवारको विभिन्न अवसरहरुमा भेट हुने गरेको उनको भनाई छ।

ग्रिजम्यानको जहिले पनि राम्रो होस् भन्ने उनको कामना छ। ग्रिजम्यान कुन स्तरका खेलाडी हुन् भन्ने कुरा युरोपियन च्याम्पियनशिपमा देख्न मिलेको सिमोनीले बताए।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१३:३८

युभेन्टसको सोचमा सनसनीपूर्ण ट्रान्सफर, रोनाल्डोसँग पीएसजीका युवा स्टार साटफेर गर्ने दाउ !