देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेका ओलीलाई प्रकाशमानको कडा प्रहार !

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ तोडिएको बताएका छन्।

दुई तिहाईको सरकारको बनाउँदा नेपाली कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा भनेर घोषणा गरेका ओलीको दम्भ तोडिएको बताएका हुन्।

“ओलीजीले शेर बहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भन्नु भएको थियो। तर अब झन्डै दुई तिहाईको बहुत भएको सरकारले के गर्यो ? आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्दा र जनतालाई दिएको वाचा पूरा गर्न नसक्दा सरकार ढल्यो”,उनले भने।

आफूसंग प्रचण्ड बहुमत छ भन्दै विधिको शासनलाई मिच्दा ओलीले सरकार छाड्नु परेको उनको भनाई छ। ओलीको घोषणा साढे ३ वर्षमै गलत सावित भएको नेता सिंहले बताए। ओलीले विधि मिच्दा धेर बहादुर देउवा प्रधानमन्त्री बन्न पुगेको उनको भनाई छ।

त्यस्तै नेता सिंहले संसद विघटन जस्तो काम गरेर विधि मिच्ने एमालेका नेताहरुले अहिले आएर विधिको कुरा गर्न थालेको देखेर अचम्म लागेको पनि बताए। शेर बहादुर देउवा संविधानको भावना र मर्म अनुरुप नै प्रधानमन्त्री नियुक्त भएको नेता सिंहले स्पष्ट पारे।

“सरकारमा हुँदा एउटा कुरा, सरकारबाट बाहिरिए पछि संस्कारका कुरा, विपक्षमा बसेपछि चाहिं मूल्य र मान्यताको कुरा ?”,उनले भने।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१४:२९

अब लामो दुरीका सवारीसाधन सञ्चालन हुन पाउने !