बलिउडकी टप अभिनेत्रीमा नाम आउने गर्छ ज्याक्लिन फर्नान्डेजको। २००९ मा ‘अलादीन’ फिल्म मार्फत बलिउडमा पाइला टेकेकी ज्याक्लिनले रेस २ बाट निकै चर्चा कमाउन सफल भइन्। त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन।
श्रीलंका मूलकी अभिनेत्री ज्याक्लिन सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन्। उनले समय समयमा आफ्नो इन्स्टाग्राममा विभिन्न फोटो साझा गर्ने गरेकी छिन्। यस्तोमा उनले केहि घण्टा अगाडी मात्र पोस्ट गरेको फोटो निकै फरक किसिमको रहेको छ। ज्याक्लिन उक्त फोटोमा निकै फरक अन्दाजमा देखा परेकी छिन्।
ज्याक्लिनले साझा गरेको फोटोमा उनले ब्याकलेक कपडा लगाएकी छिन्। निकै ह-ट अन्दाजमा फोटो साझा गर्दै क्याप्सनमा उनी लेख्छिन्,”तपाईं खराब हैन….. समाज हो खराब !”