काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले शनिबार मलेशियाबाट २४ वटा नेपालीको श-व नेपाल ल्यायो। उक्त विमानको चालकदलमा नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामा पनि थिए। लामाका अनुसार उनी उपस्थित हुँदा मलेसियाबाट गत शनिबार देखि यस शनिबारको दिन सम्म ३७ श-व नेपाल ल्याइसकिएको छ। अझै १८ जनाको श-व ल्याउन बाँकी रहेको उनी बताउँछन्।
शनिबार विमान अवतरण भएपश्चात लामाले आफ्ना भावना फेसबुकमा पोखेका छन्। धेरै दु:ख लाग्दा लाग्दै पनि श-व ल्याउन आफूहरु बाध्य रहेको लामाले फेसबुकमा उल्लेख गरेका छन्।
“एक हप्ता भित्र मलेसियाबाट ३७ वटा श-वहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!! मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौँ ल्याउनलाई। देशको स्थिति नै यस्तै छ ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?”,आक्रोश पोख्दै लामाले फेसबुकमा लेखेका छन्।
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको श-व बोकेर आउनुपर्दा जति पिडा कुनै बेला नहुने लामाको भनाई छ। मृतक र उनका आश्रित परिवारको सर्वस्व गुमेपनि देश र सरकारको निम्ति ती श-वहरु तथ्यांकमा मात्रै सीमित हुने कुराको उठान पनि लामाले गरेका छन्।
“ब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरि एकआपसमा झगडा गर्न? यति देखेपछि त केही गर्नु नि देश र जनताका लागि ! आफ्नो अनि पार्टीको स्वार्थ भन्दामाथि उठ्न सकिन्न र?’,लामाको प्रश्न छ।

