तपाईंलाई अत्यन्त मनपर्ने आँप हुनसक्छ यस्तो खतरनाक, निम्त्याउन सक्छ गम्भीर समस्या !

सबैलाई गर्मीको मौसममा आँप खान मन पर्छ। आँपमा भिटामिन ए, बी, सी, ई, के का साथै अन्य थुप्रै आवश्यक खनिजहरू हुन्छन्। आँपमा पोलीफेनल्स, ट्राइटरपेन र ल्युपोल जस्ता एन्टिअक्सीडेन्टहरू हुन्छन् जुन हाम्रो शरीरका लागि अत्यावश्यक मानिन्छ। आँपमा विभिन्न प्रकारमा पौष्टिक तत्वहरु हुन्छन् तर जे कुरा पनि आवश्यक भन्दा धेरै खाँदा त्यसले असर गर्ने गर्छ। त्यस्तै, आँप धेरै खाँदा पनि केहि साइड इफेक्ट हुनसक्छ। त्यसकारण, आँप खाँदा केहि चीजहरूमा ध्यान दिनु महत्त्वपूर्ण छ।

मधुमेहका बिरामी रहनुहोस् सावधान 

आँपमा प्राकृतिक सुगर हुन्छ तर उक्त सुगर पनि हाम्रो शरीरमा सिमित मात्रामा मात्र हुनुपर्छ। अधिक आँप खाँदा मधुमेह बिरामीहरूको रगतमा सुगरको लेभल छिटो बढाउन सक्छ। त्यसैले, एक दिनमा एक वा बढीमा दुई पटक भन्दा धेरै आँप नाखानुहोला।

डण्डीफोरको खतरा 

आँप एक तातो फल हो जसको धेरै सेवनले तपाईंको अनुहारमा डण्डीफोर आउने खतरा हुन्छ। धेरै आँपको सेवनले तपाईंको अनुहारको सौन्दर्य बिगार्न सक्छ। आममा युरुशिओल भन्ने रसायन हुन्छ। केहि मानिसमा यसको कारण अनुहारमा दाग बस्ने समस्या पनि आउनसक्छ।

छाला सम्बन्धि समस्या 

आँपको डाठमा तरल पदार्थ हुन्छ। यदि यसलाई राम्रोसँग सफा गरिएन भने यसले दाद तथा चिलाउने समस्या निम्त्याउन सक्छ। रासायनिक उरुशिओलको कारणले अधिक आँप खाँदा शरीरमा साना गिर्खाहरु पनि देखिन सक्छ।

पेट सम्बन्धि समस्या 

आँपको सिधा सम्बन्ध पेटसँग हुन्छ। आँपको स्वाद जत्तिको मिठो हुन्छ, यो तपाईंको पेटको लागि त्यति नै हानिकारक हुन्छ। आँपमा धेरै फाइबर पाइन्छ। त्यसैले, अधिक आँप खानाले पखाला र पेट दुख्ने समस्या देखा पर्न सक्छ।

वजन बढ्छ 

आँपमा क्यालोरीको मात्रा धेरै हुन्छ। एउटा मध्यम आकारको आममा १३५ क्यालोरी हुन्छ। त्यसैले, अधिक आँप खाँदा वजन बढ्न सक्छ। त्यसैले, यदि तपाईं आफ्नो कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने सिमित मात्रामा आँपको सेवन गर्नुहोस्।

एनाफिलाक्टिक सदमा 

केहि मानिसमा धेरै आँप खाँदा एनाफिलाक्टिक सदमाको लक्षणहरू देखिन सक्छ। यो एक प्रकारको एलर्जी हो जसमा मतली, बान्ता र आघात जस्ता लक्षणहरू महसुस गरिन्छ। समयमा नै यसको उपचार गर्न सकिएन भने यसले ग-म्भीर समस्या निम्त्याउन सक्छ।

यदि तपाईंले आवश्यक मात्रामा आँप खानुभयो भने यसले तपाईंको शरीरमा धेरै फाइदा दिन्छ। तर अधिक मात्रामा यसको सेवन भने हानिकारक हुनसक्छ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१९:२२

फर्सीको मुन्टाका यस्ता फाइदा !