काठमाडौँ, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको हो । साताको पहिलो दिन नै घटेको सुनको मूल्यमा दोस्रो दिन अर्थात सोमबार सामान्य वृद्धि भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै नेपाल बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
५ दिन यताकै सस्तो:
गत हप्ता छापावाला सुनको मूल्य सबैभन्दा बढी ५ गते अर्थात् मंगलबार ९३ हजार २ सय पुगेको थियो भने सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य पनि ५ गते मंगलबार ९२ हजार ७ सय र सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ३ सय कायम भएको थियो।
चाँदीको भाउ
आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार यता चाँदीको भाउ स्थिर रहेको छ आइतबार र सोमबार १२ सय ७० मा कारोबार भएको चाँदी आज पनि सोहि भाउमा कारोबार भइरहेको छ।