एजेन्सी – बार्सिलोनाले लुइस सुआरेजलाई क्लबबाट निकालेपछि सबै भन्दा बढी कोहि दुखि भयो भने ती लियोनेल मेस्सी हुन्। गएको पाँच वर्ष भन्दा बढी समय देखि एकसाथ रहेका सुआरेजको बहिर्गमनले मेस्सीलाई मैदानमा पनि पिरोल्यो। स्पष्ट भाषामा भन्ने हो भने बार्सिलोनामा सुआरेजको आवश्यकता खड्किएको प्रष्ट देखिन्थ्यो। पहिना देखि नै क्लबमा रहेको मेस्सीको असन्तुष्टि सुआरेजको बहिर्गमन पश्चात झनै बढेर गएको थियो।
अहिले मेस्सीको सम्झौता सकिएको अवस्था छ। मेस्सीले बार्सिलोनासंग सम्झौता थप गरिसकका छैनन्। मेस्सीले क्लबसँग नयाँ सम्झौता नगरेका कारण विभिन्न अनुमानहरु गर्न थालिएको छ। तर, बार्सिलोना भने मेस्सीले नयाँ सम्झौता गर्नेमा ढुक्क देखिन्छ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको भनाईलाई मान्ने हो भने मेस्सीले कुनै पनि हालतमा बार्सिलोना छाड्ने छैनन्। मेस्सी बार्सिलोना मै रहने र छिट्टै सम्झौता गर्ने उनको भनाई छ।
मेस्सीले बार्सिलोनामा रहन आर्थिक पक्षले कुनै बाधा पुर्याएको छैन। पछिल्ला खबरहरुका अनुसार मेस्सी पारिश्रमिक कटौतीका लागि समेत तयार छन्। तर उनी बलियो तथा ठूलो प्रतियोगितामा अब्बल ठहरिने टोली चाहन्छन्। अहिले लापोर्टा त्यसैको तयारीमा जुटिरहेका छन्। उनी बार्सिलोनालाई प्रतिष्पर्धी टोलीको रुपमा अगाडी बढाउन क्लबमा विभिन्न परिवर्तनहरु गरिरहेका छन्।
क्लबलाई एकपटक पुनः प्रतिष्पर्धीको रुपमा युरोपमा स्थापित गराउन विभिन्न प्रयासहरु गरिरहेका लापोर्टाले सुआरेजको स्थान सर्जियो अगुएरोले लिने विश्वास लिएका छन्। क्लबमा खड्किएको सुआरेजको सुआरेजको आवश्यकता अगुएरोले पूरा गर्ने उनको विश्वास रहेको छ।
विश्वकप समेत जितिसकेका बार्सिलोना तथा अर्जेन्टिनाका प्रशिक्षक लुइस मेनोट्टीका अनुसार सुआरेजको बहिर्गमन पश्चात एक्लै जस्ता भएका मेस्सीलाई अब अगुएरोको साथ मिल्नेछ। सुआरेजको स्थान Sलिनेमा उनी ढुक्क छन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत सँगै खेल्ने गरेका दुवैबाट उत्कृष्ट फुटबल देख्न पाइने मेनोट्टी बताउँछन्।

