ज्योतिषशास्त्रमा शनि ग्रहको विशेष महत्त्व छ। सबै ९ ग्रहहरु मध्ये शनि सबैभन्दा ढिला चाल चल्ने ग्रह हो। ज्योतिषशास्त्र अनुसार शनिको साढे साती, ढैय्या र महादशाको धेरै गहिरो प्रभाव पर्छ। यदि कसैको कुण्डलीमा शनि अशुभ छ भने त्यो व्यक्तिले जीवनमा विभिन्न प्रकारका कष्टको सामना गर्नुपर्ने हुन्छ। साढे साती चलिरहेको समयमा कुनै पनि व्यक्तिको जीवनमा विभिन्न समस्या आउन सुरु हुन्छ। शनिलाई न्यायका देवता पनि भनिन्छ। त्यसैले, शनिले व्यक्तिको कर्म अनुसार फल दिन्छन्। शनिदेव कुनै पनि एक राशिमा साढे दुई वर्षसम्म विराजमान रहन्छन्। जसको कारण मानिसको जीवनमा निकै लामो समयसम्म शनिको दशा चल्ने गर्छ। जान्नुहोस् अबको पाँच वर्षसम्म कुन-कुन राशिका मानिसमा शनिको साढे साती चल्नेछ…..

२०२१ मा शनि
२०२१ मा शनिले कुनै पनि प्रकारको राशि परिवर्तन गर्दैन। वर्तमान समयमा शनि मकर राशिमा अवस्थित छ। यस कारणले गर्दा शनिको अशुभ छाया पाँच राशिक चिन्हहरुमा परिरहेको छ। धनु, मकर र कुम्भ राशिमा शनिको साढे साती चलिरहेको छ भने मिथुन र तुला राशिमा शनिको ढैय्या। २०२१ को पूरा वर्ष यी पाँच राशिमा शनिको प्रभाव पर्नेछ।

२०२२ मा शनि
२०२२ मा शनिले आफ्नो राशि परिवर्तन गर्नेछ। यस वर्ष शनिले राशि परिवर्तन गरेपछि धनु राशिका मानिसबाट साढे साती हटेर जानेछ। धनु राशिमा साढे साती समाप्त हुँदा २०२२ मा मीन राशिका मानिसमा साढे सातीको पहिलो चरण सुरु हुनेछ। त्यस्तै, कर्कट र वृश्चिक राशिका शनिको ढैय्या सुरु हुनेछ।

२०२३ मा शनि
यस वर्ष शनिले आफ्नो राशि परिवर्तन गर्दैन। जसको कारण २०२२ मा जस्तै यो वर्ष पनि मकर, कुम्भ र मीन राशिमा शनिको साढे साती र कर्कट तथा वृश्चिक राशिमा शनिको ढैय्या चलिरहनेछ।

२०२४ मा शनि
यस वर्ष पनि शनिले राशि परिवर्तन गर्दैन। जसको कारण २०२२ र २०२३ मा जस्तै कुम्भ र मीन राशिमा शनिको साढे साती र कर्कट तथा वृश्चिक राशिमा शनिको ढैय्या चल्नेछ।

२०२५ मा शनि
२०२५ मा शनि कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्नेछ। यस कारणले, मकर राशिका मानिसले शनिको साढे सातीको दशाबाट छुटकारा पाउनेछन्। त्यस्तै, मकरले साढे सातीबाट छुटकारा पाउँदा मेष राशिका मानिसमा पहिलो चरणको साढे साती सुरु हुनेछ। जसको कारण कुम्भ, मीन र मेष राशिका मानिसमा साढे साती चल्नेछ भने सिंह र धनु राशिका मानिसमा शनिको ढैय्या सुरु हुनेछ।

२०२६ मा शनि
यस वर्ष शनिले आफ्नो राशि परिवर्तन गर्दैन। जसको कारण २०२५ मा जस्तै यो वर्ष पनि कुम्भ, मीन र मेष राशिमा शनिको साढे साती र सिंह तथा धनु राशिमा शनिको ढैय्या चलिरहनेछ।

