पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ८८ हजार ३०७ पुगेको छ भने एन्टिजेन विधिबाट ५८ हजार ३५० जनामा संक्रमण पुष्टि भएको छ।
थप १० हजार ८८६ जनाको पिसिआर परीक्षण तथा ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ६३४ तथा एन्टिजेनबाट १ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३५ लाख ७४ हजार ८६४ जना पुगेको छ । हालसम्म ६ लाख ४९ हजार ७२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ७९१ पुगेको छ।

