काठमाडौँ । हिन्दु धर्ममा कुनै पनि काम गर्नको लागि शुभ समय निकालिन्छ । विवाह, वर्तबन्ध, पुजाआज जस्ता शुभ कार्य गर्न शुभ मुहूर्त निकै महत्वपूर्ण रहेको हुन्छ । शुभ कार्य गर्दा समयमा नै गर्न सके राम्रो परिणाम मिल्ने विश्वास रहेको छ ।
यस्तै एक प्राचिन मान्यतासँग जोडिएको एक कुरा सूर्यास्ताको समयमा कहिल्यै सुत्न नहुने रहेको छ । आज हामी तपाईहरुलाई सूर्यास्तको समयमा किन सुत्न हुन्न भन्ने बारे बताउन गइहको छौँ ।
सूर्यास्तको समयमा किन सुत्न हुँदैन् यस्तो छ धार्मिक कारण
धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सुत्दा घरमा दरिद्रता आउने गर्छ । सूर्यास्तको समयलाई आरती गरेर भगवानको पूजा आरधना गर्ने उत्तम मानिन्छ । बिना कारण सूर्यास्तको समयमा सुत्नु हुँदैन् । सुर्यास्तको सयमा सुत्ने व्यक्ति विरामी हुने गर्छन् ।
सूर्यास्तको समयमा किन सुत्नु हुँदैन् यस्तो छ वैज्ञानिक कारण
सूर्यास्तको समयमा सुत्दा अनिन्द्राको रोग हुने सम्भावना रहेको वैज्ञानिक कारण छ ।बेलुकीको समयमा सुत्दा राती निन्द्रा नलाग्ने । रातभरको निन्द्रा खैलाबैला हुने गर्छ । जसको कारण कमजोर महसुस हुने । पाचन तन्त्रसँग जोडिएका समस्या टाउको दुख्ने समस्याको चक्कर हुने जस्ता समस्या आउने भएकाले सूर्यास्तको समयमा सुत्नु नहुने बैज्ञानिक मान्यता रहेको छ ।

