पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको सपना !

एजेन्सी – फ्रेन्च स्टार युवा फुटबलर किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट च्याम्पियन्स लिग जित्ने ठूलो सपना रहेको बताएका छन्। केहि दिन अगाडी मात्र पिएसजीसँगको सम्झौता थप नगर्ने निर्णय गरेको भनिएका एम्बाप्पेले पछिल्लो पटक पिएसजीलाई च्याम्पियन्स लिग दिलाउने ठूलो सपना रहेको बताएका हुन्।

क्लबको म्यागजिनका लागि एम्बाप्पे र नेयमारले एक अर्काको अन्तर्वार्ता लिने क्रममा नेयमारले सबै भन्दा ठूलो सपना के छ भन्दा एम्बाप्पेले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने आफ्नो सपना रहेको बताए।

“मेरो सबै भन्दा ठूलो सपना पिएसजीका लागि च्याम्पियन्स लिग जित्नु हो। त्यो एकदम गज्जब हुनेछ।”,नेयमारसंगको एक संयुक्त अन्तर्वार्तामा एम्बाप्पेले भनेका छन्।

उक्त अन्तर्वार्ताका क्रममा नेयमार र एम्बाप्पे दुवैले पत्रकारको भूमिका निभाउँदै एक अर्कालाई प्रश्न गरेका थिए। त्यसक्रममा नेयमारले सोधे,”मेरो सबै भन्दा ठूलो सपना पिएसजीबाट च्याम्पियन्स लिग जित्नु र ब्राजिलबाट विश्वकप जित्नु रहेको छ। तिम्रो त च्याम्पियन्स लिग जित्ने होला, होइन र किलियन?”

नेयमारको उक्तमा एम्बाप्पेको उत्तर छ,”अर्को विश्वकप पनि हुन सक्छ नि!” लगतै नेयमार भन्छन्,”हैन, अर्को विश्वकप मेरो लागी हो। विश्वकप जित्ने पछि तिम्रो अर्को ठूलो सपना के हो?”

त्यस प्रश्नको उत्तरमा एम्बपपे भन्छन्,”मेरो सब भन्दा ठूलो सपना पिएसजीबाट च्याम्पियन्स लिग जित्नु हो, त्यो शानदार हुनेछ। अर्को विश्व कप जित्नु पनि गज्जब हुनेछ।”

प्रकाशित : बिहिबार, साउन १४, २०७८१०:२८

टोकियो ओलम्पिक: चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा !