आज पनि बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। बुधबार सामान्य रुपमा बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजाबी सुन ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भैरहेको छ। यस अगाडी बुधबार छापावाला सुन ९२ हजार १ सय र तेजाबी सुन ९१ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १२ सय ७० कायम भएको छ।

प्रकाशित : बिहिबार, साउन १४, २०७८१०:५०

किन घटे त फोरजीका प्रयोगकर्ता ?