विप्लवको जनकारवाही : कार्यलय पुगे लगतै वडाध्यक्षलाई कालो मोसो र चप्पलको माला !

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले म्याग्दीका एक जनप्रतिनिधिलाई कार्यकक्षमै पुगेर दुर्व्यवहार गरेका छन्।

बिहिबार विप्लव कार्यकर्ताहरुले बिहिबार कार्यकक्षमै पुगेर म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै पुगेर दुर्व्यवहार गरेका हुन्।

नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपा म्याग्दीका अनुसार भ्रष्टाचार, राजस्व संकलनमा विभेद, बजेट वितरणमा मनोमानी गर्दै पदको दुरुपयोग गरेको हुँदा थापालाई कालो मोसो दलेर चप्पलको माला लगाई ‘जनकारबाही’ गरिएको हो।

सुध्रिन आफूहरुले दिएको सुझाव र चेतवानीलाई नजरअन्दाज गरेपछि बाध्य भएर ‘जनकारबाही’ गरिएको नेकपा म्याग्दीले जनाएको छ। बिहान १० बजे कार्यालय पुगे लगतै थापालाई कालो मोसो दलेर चप्पलको माला लगाइएको बताइएको छ।

४ जना अपरिचित पुरुषको समूह कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेर थापाको मोबाइल समेत खोसेर फरार भएको र उनीहरुको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१२:३३

राष्ट्रपति, प्रधानमन्त्रीलाई राखी