टोकियो ओलम्पिक: सकियो नेपालको यात्रा, केहि राष्ट्रिय किर्तिमान मात्र रह्यो उपलब्धि !

काठमाडौं – टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् ।

सरस्वतीले हिट २ मा कुद्दै निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌। आफ्नो हिटमा रहेका ९ मध्य आठौं स्थानमा उनी रहिन् । सरस्वतीको सहभागिता हिट चरणमा नै सिमित रह्यो । उनले यस स्पर्धामा राखेको व्यक्तिगत उत्कृष्ट समय पनि सुधार गर्न सकिनन् ।

यसअघि २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३ अ‍ौं सागमा उनले १२.५५ सेकेन्डको समय निकालेकी थिइन् । नेपालको राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा १२.२० सेकेन्डको समय निकालेकी थिइन् ।

यससँगै नेपालको टोकियो अ‍ोलम्पिकमा चुनौती सकिएको छ । ५ खेलाडीमध्य तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके । पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए । जुडोमा सोनिया भट्ट पहिलो चरणमा नै बाहिरिइन् ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८०९:५१

क्रिस्टियानो रोनाल्डोको नाम किन रोनाल्डो राखिएको थियो त ? यस्तो छ वास्तविक तथ्य !