बीच सडकमा प्रहरीसँग पारसको दादागिरी: भन्छन ‘म कहिल्यै हेल्मेट लगाउदिन थाहा छ नि हैन?’

काठमाडौँको बीच सडकमा पूर्व युवराज पारस शाहले शुक्रबार साँझ ट्राफिक प्रहरीसँग विवाद गरेका छन् । शाहसहित केहि व्यक्तिले हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेको देखेपछि महाराजगंज चोकमा ड्युटीमा रहेका ट्राफिकले उनिहरुलाई रोकेका थिए।  ट्राफिकले रोकेपछि उनिसंगै रहेका केहिले गल्ति स्वीकार गरेपनि पारस शाह भने झगडामै उत्रिएका हुन् ।

पारसले प्रहरीसँग झगडा गरिरहेको भिडियो केही प्रत्यक्षदर्शी तथा सर्वसाधारणले सामाजिक संजालमा हालेका छन् । जसमा प्रहरीले पारसलाई  प्रहरी कार्यालय जान आग्रह गर्छन तर उनले लगातार ‘जान्न म’ भन्दै ‘के गर्छस’ भनिरहेका छन्।  साथै उनले अगाडी भनेका छन, ‘म कहिले पनि हेल्मेट लगाउदिन थाहा छ नि हैन? सबैलाई थाहा छ। अहिलेसम्म केहि भको थिएन।  जान्न म के गर्छस? यही बस्छु।’

पारसको यस्तो हर्कत देखेर  प्रत्यक्षदर्शीले यहाँ  सर्वसाधारण भएको भए पुलिसले गाडीमा हालेर लागिसक्थ्यो भनेका छन्।  उनले यसो भनिरहदा परासले निकै आ-क्रमक शैलीमा औला उठाउदै छोड, छोड भनेका छन्। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हल्ला गरेको देखिन्छ।

बीच सडकमा बाटोमा सर्वसाधारणको भिड  बढ्ने र अनावश्यक तनाव सिर्जना हुने देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंलाई छाड्न आदेश दिएको थियो। र गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको छ । तर ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण उनीहरुमाथि कानुनी रुपमा प्रक्रिया अगाडि बढाइनेछ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८२२:३४

लगातार बढ्दै कोरोना संक्रमित, एक महिना यताकै उच्च !