मेष (चु चे चो ला लि लु ले लो अ)
यो सातामा भोजभतेरहरू प्रशस्त पर्नेछन् भने मनोरञ्जनका कामसमेत निकै हुन सक्छन् । तपाईंले गरेको सञ्चित धनसमेत त्यसैमा खर्च हुनसक्छ । पैसाको खास बचत देखित्र । हातले समातेको व्यवसायबाट सामान्य लाभ हुनेछ । प्राविधिक कामबाट फाइदा देखिन्छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सुरुका दिनमा बढी खर्च होला । आफ्नै पैसाले भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला तर सप्ताहको अन्त्यतिर ती खर्चलाई उठाउन सक्नुहुनेछ । स्वास्थ्यको स्थिति मध्यम मात्र छ । हाल गणेशको सेवा गरिरहनुहोस् । यसले आउन लागेका जटिल समस्यालाई टार्न सक्नुहुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
साताका सुरु र अन्त्य राम्रा खालका छन् । मध्य भागले भने मनमा चिन्ता गराइरहला । पढाइमा त्यति ध्यान जाने छैन । अरू कुरामा नै समयको खर्च हुनेछ । व्यावसायिक कामबाट लाभ नै हुने स्थिति छ । मित्र सहयोगले पनि केही गतिला काम सम्पत्र हुन सक्छन् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
मनमा डर लागिरहला । गरेका काममा विघ्न पर्ने हो कि भत्रे शङ्का उब्जिरहने छ । निश्चय गर्न सक्ने प्रतिभाको कमी देखिन्छ तर पनि यो सातामा चन्द्रमाको स्थिति त्यति प्रतिकूल नभएकाले खास आत्तिनुपर्ने छैन । बगलामुखीको दर्शन र आराधना गर्नुहोस् ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
सुरुका दिनमा मनमा डर लागिरहला र त्यस डरको मुख्य कारण आर्थिक नै हुनेछ । पढाइमा पहिलेको भन्दा गति बढे पनि लेखाइतिर भने कमी नै आउला । मित्रहरूबाट राम्रो सहयोग पाइने छ र त्यही सहयोगले ठूला काम गर्न सफल हुनुहुने देखिन्छ ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
साताका अधिकांश दिन त्यति राम्रा छैनन् । सुरुको दिनमा आएको बाधा बुधबार नभईकन टर्ला जस्तो छैन । बिहीबार र शुक्रबार भने राम्रो रूपमा देखा पर्छन् । आर्थिक स्थिति मध्यम खालको मात्र रहला । व्यापारको कामबाट प्रचूर लाभ हुने देखिन्छ ।
तुला (र रि रु रे रो ता ति तु ते)
परिश्रम बढी पर्नेछ तर परिश्रमअनुसारको फल प्राप्ति भने हाल देखित्र । परिवार एवं मित्रको सहयोगले समस्यालाई हल गर्न मद्दत मिल्नेछ । आर्थिक स्थिति त्यति नराम्रो छैन । पढाइ र लेखाइ दुवैतिर सामान्य गति छ । वैदेशिक यात्राको सम्भावनासमेत देखा पर्छ ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
मङ्गलबारसम्मका दिनहरू राम्रा खालका छन् । आँटेको काममा प्रायः सफलता नै मिल्ला । आर्थिक स्थिति पनि पहिलेको जस्तो जटिल देखित्र । परिश्रम बढी परे ́ैँ फल प्राप्तिसमेत राम्रो होला तर साताका अन्तिम दिनहरू भने त्यति राम्रा छैनन् ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
शनिबार र आइतबार बढी खर्च हुने दिन हुन् । त्यसपछि भने क्रमशः सुधार हुँदै जाला तैपनि ठूलो प्रगतिको सम्भावना देखित्र । व्यापारसम्बन्धी कामबाट सामान्य लाभ मात्र होला । मित्र सुख हाललाई मध्यम खालको देखिन्छ । सूर्यको दर्शन र आराधना गरिरहनुहोस् ।
मकƒ (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
सुरुका दिनमा स्वास्थ्यमा गडबडी हुन सक्छ । आफ्नो एवं परिवारको स्वास्थ्यबारे सतर्क हुनुहोस् । प्रेम एवं विवाहको कुरा हाल सफल हुने स्थिति छैन । यात्राको सम्भावना भने प्रचूर मात्रामा छ । मित्र सहयोग चाहेकोजति हुने छैन ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
सुरुका दुई दिनमा राम्रोसँग काम बत्रेछन् । सोमबारदेखि भने स्वास्थ्य गडबड भएर लक्ष्य पूरा गर्न अलमल पर्नेछ । जागिरको मात्र भर नपर्नुहोस् । हातले समातेको व्यवसायमा समेत अनेक बाधा आउन सक्छ । बुधबारको दिनमा नारायणको दर्शन र आराधना गर्नुहोस् ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
मध्यम खालको साता छ । खर्च बढी होला । त्यसलाई पूरा गर्न धौ–धौ पर्नेछ । मद्दत गर्ने साथीहरूको सङ्ख्या अति कम छ । सानो सानो कुरामा समेत घरपरिवारमा कचिङ्गल पर्नेछ । बौद्धिक स्थिति हाललाई त्यति कमजोर देखित्र ।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

