बुधको राशि परिवर्तनले सबै राशिको भाग्य परिवर्तन, कुन राशिलाई कस्तो ?

एजेन्सी – अगस्ट महिना शुरु भैसकेको छ। अगस्ट महिनामा विभिन्न ग्रहहरुले राशि परिवर्तन गर्नेछन्। महिनाको पहिलो राशि परिवर्तन ९ अगस्टमा हुनेछ। त्यस दिन बिहान १ बजेर ३८ मिनेटमा बुध कर्कट राशि छाडेर सिंह राशिमा प्रवेश गर्नेछ। बुधको उक्त राशि परिवर्तनले सम्पूर्ण राशिमा प्रभाव पार्नेछ।

मेष राशि

राशि परिवर्तनसँगै बुध मेष राशिको बुद्धि भावमा विराजमान हुनेछ। बुधका कारण मेष राशि हुनेहरुको पराक्रममा बढोत्तरी हुनेछ भने उर्जा समेत बढेर जानेछ। कठिन भन्दा कठि कार्य सहजै सम्पन्न हुनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउन सकिएला।

वृष राशि

चौथे भावमा रहने बुध ग्रहले वृष राशि हुनेहरुलाई लाभै-लाभ दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मिल्न सक्ला। व्यवसायमा सोचेजस्तै प्रगति हुन सक्ला। विद्यार्थीहरुका लागि पनि समय खस रहने वाला छ। प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्ला। बुधले यात्राको अवसर समेत दिलाउन सक्ने देखिन्छ।

मिथुन राशि

पराक्रम भावमा रहने बुधले मिथुन राशि हुनेहरुको पराक्रम बढाउनेछ। रोजगारको क्षेत्रमा मात्र नभई व्यवसायको क्षेत्रमा पनि सफलता दिलाउन बुधले सकारात्मक भूमिका खेल्नेछ। वैवाहिक जीवनमा सुख प्राप्ति होला। बुधका कारण यश-किर्ती बढ्नेछ। सामाजिक दायित्व उचित तरिकाले बहन गर्न सकिँदा मान-सम्मान मिल्नेछ।

कर्कट राशि
बुधको राशि परिवर्तनले कर्कट राशि हुनेहरुको बोलिमा प्रभाव पार्नेछ। बोलिमा नियन्त्रण राख्न सकेको खण्डमा महत्वपूर्ण कार्यहरु सफल हुनेछन्। तर बोलिमा नियन्त्रण भएमा भने महत्वपूर्ण कार्य समेत बिग्रिनेछ। बुधको राशि परिवर्तनले खर्च बढाउला। स्वास्थ्यमा पनि समय देखा पर्न सक्ला।

सिंह राशि

बुधको राशि परिवर्तन सिंह राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। बुधले दाम्पत्य जीवनमा सकारात्मक प्रभाव पारेपछि पारिवारिक रुपमा पनि नकारात्मक प्रभाव पार्नेछ। पहिला गरिएका निर्णयहरुले सताउन सक्ला। यात्राको योग बने पनि लाभदयाक भने रहने देखिँदैन। आर्थिक रुपमा भने बुधको राशि परिवर्तन लाभदयाक नै रहनेछ।

कन्या राशि

बुधको व्यय भावमा हुने उपस्थितले कन्या राशि हुनेहरुलाई आर्थिक समस्या पैदा गर्नेछ। अनावश्यक खर्च बढ्नेछ। नसोचेको क्षेत्रमा समेत खर्च गर्नुपर्दा आर्थिक अभावको सामना गर्नुपर्नेछ। व्यापार-व्यवसायमा खासै प्रगति मिल्ने छैन। रोजगारीमा रहनेहरुका लागि भने समय सामान्य नै रहन सक्ला।

तुला राशि

राशि परिवर्तन सँगै बुध तुला राशिको आय भावमा विराजमान हुनेछ। जसकारण आर्थिक स्थित मजबुत हुनेछ। नसोचेका क्षेत्रबाट पनि लाभ मिल्नेछ। पदोन्नती हुन सक्ला भने उच्च अधिकारीको सहयोगका कारण महत्वपूर्ण योजना हात लाग्नेछ। कानुनी अड्चन देखि पनि छुटकारा मिल्ला। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले राम्रै साथ दिनेछन्।

वृश्चिक राशि

कर्म भावमा रहने बुधले कार्य क्षेत्रमा सिधा प्रभाव पार्नेछ। व्यवसायमा ठूलै बदलावको सम्भावना छ। नयाँ क्षेत्रमा लगानीका योजनाहरु पनि सफल होलान्। तर भागदौडले स्वास्थ्यमा भने नकारात्मक असर पार्न सक्ला। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्ने पनि देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने अवस्था रहला।

धनु राशि

भाग्य भावमा रहने बुधले धनु राशि हुनेहरुको भाग्यमा सकारात्मक प्रभाव पार्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ला। समस्या परेको अवस्थामा भाग्यको छुटकारा मिल्नेछ। बुद्धिको उपयोगले महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिएला।

मकर राशि

बुधको राशि परिवर्तनले मकर राशि हुनेहरुको जीवनमा मिश्रित प्रभाव पार्ने देखिन्छ। बुधले विद्यार्थीहरुलाई सफलता दिलाउनेछ। कलाकार तथा खेलाडीहरुक लागि पनि बुधको राशि परिवर्तन शुभ रहला। तर, आर्थिक रुप भने बुधको राशि परिवर्तन अशुभ सावित हुनेछ। हालमा आइसकेको धन पनि फुत्किनेछ।

कुम्भ राशि

सप्तम भावमा रहने बुध राशिले कुम्भ राशि हुनेहरुको प्रेम जीवनमा सकारात्मक प्रभाव पार्नेछ। प्रेम जीवनलाई नयाँ रुप दिन सफल भइनेछ। मनोरम यात्राको अवसर जुर्नेछ। विद्यार्थीहरुको उच्च शिक्षाको बाटो खुल्नेछ। शत्रु सहजै पराजित हुनेछन्। पहिला देखि रहेका समस्या देखि छुटकारा दिलाउन पनि बुधले भूमिका खेल्ने देखिन्छ।

मीन राशि

शत्रु अथवा रोग भावमा हुने बुधको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि खासै सुखद रहने देखिँदैन। जीवनमा समय नै समस्या आइपर्नेछन्। पहिला गरिएला गल्तिले सताउन सक्ला। पूराना लगानीले प्रतिफल दिन बन्द गर्दा ठूला आर्थिक समस्या पैदा हुनेछन्। यात्राको अवसर जुरेपनि लाभ हुनेछैन, खर्च मात्र होला। परिवारमा समेत कलह बढ्नेछ।

प्रकाशित : आइतबार, साउन १७, २०७८१३:०८

भोलि साउनको अत्यन्त महत्वपूर्ण सोमबार, यस्ता कार्यले प्रशन्न पार्नुहोस् शिव जीलाई !