एम्बाप्पेले नेइमारलाई ब्यालुन डी ओर जित्न मद्दत गर्ने र नेइमारले एम्बाप्पेलाई, दुबैले पीएसजीलाई जिताउने !

फ्रेच युवा सेन्सेसन किलियन् एम्बाप्पेले आफ्नो र ब्राजिलियन स्टार नेइमारको सम्बन्ध बारेमा बोलेका छन्। २२ वर्षीय पीएसजी स्टारले क्लब टिममेट र आफू क्लबलाई निकै अगाडी पुर्याउन र आफ्नो व्यक्तिगत लक्ष्य पूरा गर्न एक-अर्कालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दुई स्टार बीच निकै राम्रो सम्बन्ध रहेको स्पष्ट परेका हुन्।

नेइमार र एम्बप्पे दुबैले अझै सम्म ब्यालुन डी ओर अवार्ड जित्न सकेका छैनन्। एम्बाप्पेको नजरमा आफूहरुले क्लबलाई सफलता दिलाउन सकेको खण्डमा दुबै उक्त अवार्डको हकदार हुने कुरा पनि प्रकाश पारे। नेइमारसँग संयुक्त रूपमा क्लबको आधिकारिक म्याग्याजिनलाई दिएको अन्तर्वार्तामा एम्बाप्पेले भने,”मलाई लाग्छ कि सबैभन्दा महत्वपूर्ण कुरा भने क्लबको सफलता र टिमको जीत हो। त्यो भने पीएसजीको जीत।”

पीएसजीले सफलता प्राप्त गर्दा नेइमार र आफू बीच जसको सिजन उत्कृष्ट जान्छ त्यहि खेलाडी ब्यालुन डी ओर अवार्डको योग्य हुने उनले भनाई छ। उनले भने,”यदि कुनै दिन पीएसजीले सबै कुरा जित्छ र नेइमार त्यस टिमका सर्वोत्कृष्ट खेलाडी छन् भने उनी ब्यालुन डी ओरका योग्य हुनेछन् र उनले नै जित्नेछन्। तर कुनै दिन उक्त अवार्ड जित्न मैले धेरै प्रयास र मेहनत गरे भने मैले जित्नेछु।”

तर आफ्नो सफलता भन्दा पनि दुबै खेलाडीले क्लबलाई सधैं आफू भन्दा माथि राख्ने र पीएसजीलाई जिताउने प्रयास गर्ने एम्बाप्पेले बताए। नेइमार र आफू निकै राम्रो साथी भएको र उनीसँग खेल्न निकै सहज हुने पनि एम्बाप्पेले बताएका छन्। एम्बाप्पेको धारणालाई समर्थंन गर्दै नेइमारले पनि दुबै खेलाडीले सधैं पीएसजीलाई सफल पार्नको लागि प्रयत्न गर्ने बताए।

प्रकाशित : आइतबार, साउन १७, २०७८१२:५२

अहिले सम्म नेयमारले कति रेड कार्ड पाएका छन् ? हेर्नुहोस् पूरा तथ्यांक !