एजेन्सी – नेयमार वर्तमान अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी मध्येमा पर्छन्। साथै उनलाई विश्वकै रोमाञ्चक खेलाडीको रुपमा पनि लिइन्छ। अहिले सम्म क्लब स्तरीय तथा देश स्तरीय विभिन्न उपाधिहरु जितिसकेका छन्।
फुटबल प्रेमी नेयमारलाई विशेष गरेर बार्सिलोनाको बसाईक लागि सम्झिन्छन्। नेयमारले बार्सिलोनामा रहेर विभिन्न उपाधि जितेका थिए। त्यसक्रममा लियोनेल मेस्सी र लुइस सुआरेजसँग मिलेर नेयमारले हाँसिल गरेको सफलतालाई अहिले पनि सम्झिने गरिन्छ।
नेयमारले अहिले सम्म सान्तोस, बार्सिलोना र पीएसजीबाट खेल्दै २३ उपाधि जितेका छन्। तर उनले प्रमुख अन्तर्राष्ट्रिय ट्रफी जित्न भने बाँकि छ। उनले सन् २०१६को ओलम्पिकमा गोल्ड मेडल जितेयता ब्राजिलका लागि महत्वपूर्ण उपाधि जित्न सकेका छैनन्।
नेयमार मैदानमा रोमाञ्चक मात्र नभई कहिले काहिँ उग्र पनि बन्ने गरेका छन्। विभिन्न पटक उनले मैदानमा गैरजिम्मेवार हर्कत समेत गरेको उदाहरण छ। नेयमारले अहिले सम्म ११ पटक रेड कार्ड पाएका छन्।
त्यस मध्ये सबै भन्दा बढी उनले सान्तोसबाट खेल्दा पाएका थिए। सान्तोसबाट खेल्दा उनले पाँच रेडकार्ड पाएका थिए। त्यस्तै पिएसजीका लागि खेल्दा उनले अहिले सम्म ४ रेड कार्ड बेहोरेका छन्। बार्सिलोना र ब्राजिलबाट खेल्दा उनले एक-एक रेड कार्ड बेहोरेका छन्। पछिल्लो पटक उनले यहि अप्रिलमा रेड कार्ड पाएका थिए।
| Date | Competition | Match |
|---|---|---|
| 15/3/2010 | Paulista A1 | Santos 3-4 Palmeiras |
| 7/4/2011 | CONMEBOL Libertadores | Santos 3-2 Colo Colo |
| 14/10/2011 | Serie A | Atletico Mineiro 2-1 Santos |
| 1/10/2012 | Serie A | Gremio 1-1 Santos |
| 15/2/2013 | Paulista A1 | Ponte Preta 3-1 Santos |
| 18/6/2015 | Copa America | Brazil 0-1 Colombia |
| 9/4/2017 | La Liga | Malaga 2-0 Barcelona |
| 23/10/2017 | Ligue 1 | Marseille 2-2 PSG |
| 24/2/2020 | Ligue 1 | PSG 4-3 Bordeaux |
| 14/9/2020 | Ligue 1 | PSG 0-1 Marseille |
| 3/4/2021 | Ligue 1 | PSG 0-1 Lille |

