एजेन्सी,मानिसहरुको शरीरमा पोषक तत्वको कमी हुदाँ शरीरमा विभिन्न असामान्य खालको असरको साथमा शरीरको आकार बदलिने गर्दछ । तर कहिले काही हर्मोन परिवर्तन हुदाँ, महिनावारी गडबढी हुदाँ, वा चिसो लागेमा शरीरको अंगहरु सुनिने र परिवर्तन हुन्छ ।
शरीर सुनिने समस्याबाट धेरै मानिसहरु पिडित भएका छन्, शरीरको अगं सुनिएमा मानिसको दैनिक जीवनलाई निकै असर पर्दछ । तपाई पनि यस्तो समस्याबाट पिडित हुनुहुन्छ भने हामी तपाईलाई यसबाट मुक्ति हुने घरेलु उपायको बारेमा जानकारी दिदैछौं । जसको प्रयोगले शरीर सुनिने समस्या सजिलै समाधान हुनेछ ।
आवश्यक सामाग्री
१. जिरा
२. चिनी
बनाउने तरिका
सबैभन्दा पहिले जिरा र चिनीलाई पिस्नुपर्दछ । पिसीसकेपछि दुवैलाई राम्ररी मिक्स हुने गरी चलाएर चुर्ण तयार गर्नुहोस् । यसरी बनाइएको चुर्णलाई दैनिक रुपमा मनतातो पानीसगँ एक चम्चा जति हालेर सेवन गर्नुहोस् , यसो गर्नाले शरीर सुन्निएको भाग कम हुदै जान्छ भने शरीरको भाग सुनिनको लागी रोक्दछ पनि ।
त्यस्तै सुन्निएको अंग घटाउनको लागी खजुर पनि निकै प्रभावकारी औषधी हो । दुधमा खजुर र चिनी हालेर पकाएर सेवन गर्नाले सुन्निएको निको हुन्छ, चिनीमा सुनिएको भाग कम गर्ने क्षमता हुन्छ ।
भित्री अंगमा असर परेमा पनि शरीर सुनिने गर्दछ, यदि शरीरको अंग सुन्निएको धेरै समय भइसकेको छ भने घरेलु उपाय अपनाउँदा निको हुन नसक्ने भएकाले चिकित्सक कहाँ जानुपर्दछ, तर भखरैदेखि शरीरको अंग सुनिएको हो भने यस विधि मार्फत निको पार्न सकिन्छ ।

