काठमाडौँ, सबैभन्दा छिटो फैलिन रोग हाइ ब्लड कोलेस्ट्रोल वा हाइपरकोलेस्ट्रोलेमिया गम्भिर रोग हो । विश्वलाई नै प्रभावित बनाएको यो रोगको बारेमा प्राय थोरै मान्छेलाई यसको बारेमा जानकारी होला । विस्तारै बढिरहेको कोलेस्ट्रोललाई बेवास्ता गर्दा शरिरमा थप समस्याहरु देखिदै गएका हुन्छन् । कोलेस्ट्रोल के हो नबुझेर कतै तपाई पनि त्यसको सिकार त बन्नु भएको छैन् । विश्व स्वास्थ्य संगठनले गरेको एक अनुसन्धनले कोलेस्ट्रोलको कारण हरेक वर्ष कयौँ मानिसले ज्यान गुमाउनु परेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनको लिस्टमा भेटिएको पहिलो कारण भनेको आस्केमिक हार्ट डिजिज हो । यसले गर्दा हृदयसम्म ठिक तरिकाले रगत पुग्न नसक्ने भएकाले जुनसुकै समयम हृदयघात हुने खतरा हुन्छ । यस्तो हुनुको मुख्य कारण भनेको कोलेस्ट्रोल बढ्नु हो । पछिल्लो समय यस्तो रोगको कारण नेपालमा पनि हरेक वर्ष धेरै नेपालीले अकालमा नै ज्यान गुमाइसकेको देखिएको छ । जसम्ध्ये युवाअवस्थाका व्यक्तिहरु धेरै रहेको पाइएको छ । त्यसकारण कोलेस्ट्रोल के हो ? यो कसरी बढ् ? शरिरमा कोलेस्ट्रोल बढेको छ की छैन् ? भन्ने बारे हामीले घरमै बसेर थाहा पाउन सक्छौँ ।
मुंग जस्तै देखिने एक प्रकारको चिल्लो पहेँलो रंगको पदार्थ नै कोलेस्ट्रोल हो । जुन मानव शरिरको लागि रगतको जतिकै महत्व रहेको छ । कोेलेस्ट्रोलले लिभरमा बाएरल एसिडको निर्माण गर्छ । जसले खाएको खानेकुरालाई पाच्न मद्दत गर्छ । त्यस्तै घामबाट भिटामिन डि उत्पादन गर्नमा पनि सहयोग गर्छ । यसकै सहायताले सेक्स हर्मोन उत्पादन गर्छ ।
त्यसकारण निकै महत्वपूर्ण रहेको कोलेस्ट्रोलको ७० प्रतिशत धेरै कोलेस्ट्रोलले कलेजो आफै बनाउने काम गर्छ । मात्र ३० प्रतिशत हामीले खाएको खानाबाट लिन्छ ।
मुख्यतया कोलेस्ट्रोल दुई प्रकारको हुन्छन् ।
१.एलडीएल
२.एचडीएल
एचडीएललाई हाइ डेन्सिटी लिपोप्रोटिन पनि भनिन्छ । जसलाई राम्रो कोलेस्ट्रोलको रुपमा लिइन्छ । एलडीएल कोलेस्ट्रोल अर्थात डेन्सिटी लिपोप्रोटिनलाई खराब कोलेस्ट्रोलको रुपमा लिइन्छ । कारण एलडीएल कोलेस्ट्रोलले हाम्रो धमनीमा जम्ने हुँदा एलडीएलको मात्रा बढी हुन्छ र त्यस्तो चिजको सेवनले शरिरमा खराब कोलेस्ट्रोल बढ्न जान्छ । डीप फ्राइ गरेका ननभेज खानेकुरा जस्तै मैदा घ्यू, बटर केक पेस्ट्री, डाल्डा त्यसै मिठाई जस्ता गुलियो मिठा परिकारहरु, तारेका परिकारहरु, स्न्याक्स, अण्डा चुरोट रक्सीजस्ता चीजहरुको सेवन गर्दा सबै भन्दा छिटो कोलेस्ट्रोल बढ्छ ।
यसरी बढ्दो कोलेस्ट्रोलको कारण रक्त सञ्चारमा सुमस्या बढ्न थाल्छ र नशामा प्रेसर ब्लकेज हुन्छ । कोलेस्ट्रोलले हृदयमा रगत पुर्याउने कोरोनरी आर्टरीज र दिमागको केरोटिड आर्टरीमा जम्मा हुने भएकाले अचानक हर्ट अट्याक वा ब्रेन स्ट्रोक हुने खतरा कम हुन्छ । बाहिर स्वास्थ देखिएका व्यक्तिमा शरिर भित्र भित्रै बढेको कोलेस्ट्रोलको कारण अचानक हृदयघात हुने गर्छ ।
हाम्रो जीवन शैलीको कारणले गर्दा पनि कोलेस्ट्रोल बढी रहेको हुन्छ । अर्को कारण हो भारी खाना सजिलै पच्न नसक्ने खानाले शरिरमा फ्याट बढाउँछ । त्यसकारण कोलेस्ट्रोल बढेको कसरी थाहा पाउने भन्ने बारेमा आज हामी कोलेस्ट्रोलको केही महत्वपूर्ण लक्षणहरुको बारेमा बताउन गइरहेका छौँ ।
तौल बढ्नुः शरिरमा एचडिएल कोलेस्ट्रोलको मात्र बढी भयो भने शरिरमा बोसो बढ्नबाट रोक्छ । तर यसको विपरत एलडीएल कोलेस्ट्रोल बढ्यो भने शरिरको तौल बढ्छ । तौल बढी भएका व्यक्तिमा कोलेस्ट्रोलको मात्रा धेरै हुने भएकाले मुटु तथा मस्तिक रोगको खतरा यसको खतरा बढ्छ ।
हात खुट्टा सुन्निनुः कोलेस्ट्रोल बढी भयो भने शरिरमा रगत पुर्याउने आर्टरी साँघुरो हुने भएकाले शरिरको मांसापेशीहरुमा रक्त प्रवाह कम हुन्छ जसको कारण हात खुट्टा सुन्निने, निदाउने, बाउडिने, बस्दा राती सुत्दा नशा चढ्ने, फलिन्ने, काँडाले घोचेजस्तो हुने झमझमाउने, जस्तो समस्याहरु देखा पर्छ । यी बाहेक शरिर सधै चिसो भइरहने कोलेस्ट्रोलको कारणले ठिकसँग रगत प्रवाह नहुँदा यस्तो समस्याहरु आउने गर्छ ।
छातीको दुखाईः अन्य समस्यको कारण पनि छाती दुख्ने भएतापनि शरिरमा बढेको कोलेस्ट्रोलले छातीको दुखाइलाई बढी हुने गर्छ । आर्टरिजमा जम्मा भएको फ्याटी पदार्थले रक्त प्रवाहमा रोकावट हुने गर्छ । जसले गर्दा बेलाबेलामा छाती दुख्ने भारीपन महसुस हुने छाती भित्र भित्रै खाएको जस्तो हुने गर्छ ।
अत्यधिक थकान तथा कमजोरी महसुस हुनुः कोलेस्ट्रोल को मात्रा बढ्दै गयो भने हामीले खाएको खानाबाट आवश्यक पौष्टिक तत्व लिन सक्दैन् । जसले गर्दा शरिरमा पोषण तत्वको कमी हुँदै जान्छ । हाइ एलडिएल हृदयसम्म पुर्याउने नशा प्लाक जम्मा गरिदिन्छ । जसको कारण रगत प्रवाहमा समस्या आउँछ । यस्तो बेलामा थकाइ ज्यादा लाग्ने, पसिना धेरै आउने, स्वास्वा बढी हुने जस्ता समस्या बढी देखिन्छ । जसले गर्दा शरिरमा लगातार आलस्यता बढ्छ । त्यसकारण यस्तो देखिएमा रगतमा कोलेस्ट्रोलको मात्रा कति भन्ने कुरा चेक गराइहाल्नुपर्छ ।
टाउको दुख्नु तथा चक्कर लाग्नुः बढ्दो कोलेस्ट्रोलको कारण हृदय मष्तिस्कमा रगत प्रवाह गराउने करोटेडको आर्टरीजमा असर पर्छ । जसले टाउकोको पछाडीको भाग र आधा टाउको दुख्छ । यस्तो अवस्थामा बढ्दै गएको ट्राइग्लिसराइडको कारण माइग्रेनको समस्या बढी हुने गर्छ । यसले गर्दा कहिलेकाही चक्कर लाग्छ ।
सास फुल्नुः शरिरमा बढ्दै गएको खराब कोलेस्ट्रोलले मुटुमा र फोक्सोमा हुने रक्त सञ्चारलाई कमजोर बनाउँछ । जसले गर्दा सास फेर्न गाह्रो हुन्छ । थोरै समय काम गर्दा पनि धेरै थाकेको जस्तो हुन्छ । कुनै बेला सास लिन अप्ठ्यारो हुन्छ । कोलेस्ट्रोलको मात्रा बढी हुँदा पसिना धेरै आउँछ । सासबाट लगातार गन्ध आउँछ ।
अपच तथा ग्याँस भरिनुः रगतमा बढेको एलडिएल कोलेस्ट्रोलले पाचन प्रक्रियामा समस्या पैदा गराउँछ । यसले लिभरमा कोलेस्ट्रोल बढ्ने भएकाले मेटाबोलिजम कमजोर हन्छ । हामीले खाएको तारेको भुटेको खानेकुरा नपच्ने बारम्बार पेटमा ग्यास भरिने जस्ता समस्याले गर्दा कब्जियत हुने फ्रेस भएको बेला फातलो दिसा जाने कोलेस्ट्रोलको लक्षण हो ।
आँखाको वरिपरि दाना आउनुः शरिरमा एलडिएलको मात्रा कम हुन्छ त्यस्तो बेलामा आँखाको वरिपरि पहेलो दानाहरु देखिन्छ । सुरुमा सानो सानो देखिएको यी दानाहरु पछि फैलिएर ठूलो हुन्छ । बेलैमा उपचार गर्न नसके पछि दुख्न थाल्छ र समस्या बढ्दै जान्छ । यसलाई जान्थेलाज्मा भनिन्छ । यस्तो समस्या देखिएमा तुरुन्तै चेक जाँच गर्नुपर्छ ।

