मेस्सी भर्सेस रोनाल्डो: ‘ग्रेटेस्ट अफ अल टाइम’ बहसमा को अगाडी ?

लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डो ? यो प्रश्न गत १५ वर्ष देखि चर्चामा रहेको छ। गोट विवादमा कोहि मेस्सीको पक्षमा हुन्छन् त कोहि रोनाल्डो। के पोर्चुगल, इंग्ल्यान्ड, स्पेन र इटालीमा उपाधि जितिसकेका रोनाल्डो गोट हुन् त ? वा बार्सिलोनाबाट सबै उपाधि जितेका र सबैभन्दा ब्यालुन डी ओर जित्ने मेस्सीले रोनाल्डोलाई पछि पारे ?

अहिलेसम्म यस प्रश्नको कुनै निश्चित उत्तर छैन र हामी सबैले यी दुई खेलाडीले जे गरेका छन् त्यसको सराहना गर्नुपर्छ। तर मानिसलाई मसला चाहिन्छ। त्यसैले आज हामी यो विवादमा एक पटक फेरी छिर्न चाहन्छौं। आज हामी तपाईं माझ आम फुटबल फ्यानको राय भन्दा पनि फुटबल दुनियाका केहि ठूला नामहरुका रायको बारेमा चर्चा गर्नेछौं।

फुटबलका ठूला ठूला हस्तीहरुले पनि आफ्नो जीवनको कुनै न कुनै समयमा यस प्रश्नको उत्तर दिएका छन्। यस्तोमा एक युट्युब भिडियोमा फुटबल दुनियाका केहि ठूला नाम सहित ९७ जनाले यस प्रश्नको उत्तर दिएका छन्। उक्त भिडियोमा ज्लाटान इब्राहिमोभिक, फ्रान्क लाम्पार्ड, रोनाल्डो नाजारियो जस्ता खेलाडीको राय पनि समावेश रहेको छ।

हेर्नुहोस् पूरा भिडियो:

मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट त ?

यस भिडियोमा रहेका विभिन्न व्यक्तित्वको राय अनुसार मेस्सीले ६१ मत प्राप्त गरेका छन् भने रोनाल्डोले ३६। यी दुई सुपरस्टार बीच मेस्सीले रोनाल्डो भन्दा धेरै नै बढी मत पाउनु आश्चर्यजनक हुनसक्छ, किनभने यी दुई खेलाडी बीच को उत्कृष्ट भन्न निकै अप्ठेरो रहेको छ।

प्रकाशित : सोमबार, साउन १८, २०७८११:२१

राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरी मागे माफी !