ओलम्पिक गोल मेडलिस्ट फ्रेन्च बक्सर टोनी योकाले यो वर्ष कुनै पनि हालतमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी ब्यालुन डी ओर अवार्डका सहि हकदार नभएको बताएका छन्। ६ पटक उक्त अवार्ड जितिसकेका पुर्व बार्सिलोना कप्तान ऐतिहासिक सातौँ पटक जित्नको लागि प्रमुख दाबेदार मानिएको छ।

३४ वर्षीय अर्जेन्टिनी स्ट्राइकरलाई रोबर्ट लेवान्डोस्की, एन्गोलो कान्ते, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई पछि पार्दै २०२१ को ब्यालुन डी ओर जित्ने खेलाडीको रूपमा हेरिएको छ। १६ वर्षीय लामो अन्तराष्ट्रिय करियरमा कोपा अमेरिका २०११ को रूपमा पहिलो पटक प्रमुख उपाधि जितेसँगै धेरैले उनलाई उक्त अवार्डको प्रमुख दाबेदारको रूपमा हेर्न थालेका हुन्।

तर ओलम्पिकमा स्वर्ण पदक जितिसकेका बक्सर योकाका अनुसार भने मेस्सीले कोपा अमेरिका जित्दैमा उनी ब्यालुन डी ओरका हकदार नहुने बताएका छन्। पर्सिया र न्यूजको प्रतिवेदनका अनुसार टोनी योकाले भने कि कोपा अमेरिकाको उपाधि जितेर मात्र मेस्सीले यस वर्षको ब्यालोन डि ओर अवार्ड जित्ने चान्स पाउनु हुँदैन।

टोनी योकाले भने,”हामी यस्तो समयमा बाँचिरहेका छौं जब हामी ला लिगामा तेस्रो हुने खेलाडीलाई गोल्डेन बल प्रदान गर्न चाहन्छौं, जो च्याम्पियन्स लिगमा घरेलु मैदानमा ४-१ ले हार्दै बाहिरिए र सुपर कोपाको फाइनलमा पराजित भए। उनले चिल्ली, इक्वेडर, बोलिभिया जस्ता विरुद्ध ४ गोल गरे भनेर गोल्डेन बल दिने ?”

२९ वर्षीय फ्रेन्च बक्सरका अनुसार यदि यो वर्ष मेस्सीले ब्यालुन डी ओर जिते भने त्यो फुटबल इतिहास कै सबैभन्दा खराब निर्णय हुने पनि बताएका छन्। “यदि मेस्सीले यो वर्ष उक्त अवार्ड जिते भने, यो इतिहासकै सबैभन्दा खराब गोल्डेन बल हुनेछ। यस्तो खराब सिजनपछि जित्ने !”

टोनीले आफूले गरेको यस्तो पोस्ट अहिले भने आफ्नो सामाजिक सञ्जालबाट हटाईसकेका छन्।

