ट्रान्सफर बजारमा निकै चर्चामा रहेको रोनाल्डो ट्रान्सफर प्रकरण पुनः चर्चामा आएको छ। केहि रिपोर्टहरुलाई मान्ने हो भने युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो इटाली छाड्न चाहन्छन्। उनी पीएसजी वा रियल म्याड्रिड जान चाहेको रिपोर्टसले बताएका छन्।

युरो २०२० पछिको बिदा मनाएर गत सोमबार ३६ वर्षीय स्ट्राइकर क्लबका अन्य खेलाडीसँग नियमित प्रशिक्षणमा फर्किएका थिए। इटालियन महारथी युभेले आफ्ना स्टार खेलाडी अझै एक सिजन क्लबमै रहने आशा गरिरहँदा कोरिएरे डेल्लो सपोर्टको माध्यमबाट एएसका अनुसार ५ पटकका ब्यालुन डी ओर विजेता भने क्लब छाड्न चाहन्छन्।

पोर्चुगिज कप्तान रोनाल्डो स्पेनिस क्यापिटलमा रियल म्याड्रिड र कार्लो एनसीलोटीका साथ काम गर्न इच्छुक छन्। फ्रेन्च क्लब पीएसजी पनि उनको नजरमा रहेको बुझिएको छ। पीएसजी स्टार किलियन एम्बाप्पेको क्लबमा भविष्य रोनाल्डोको ट्रान्सफरको मुख्य चाबी बन्ने बताइएको छ। विश्व विजेता २२ वर्षीय स्ट्राइकर रियल म्याड्रिड प्रस्थान गरेको अवस्थामा रोनाल्डो पीएसजी जाने बाटो खुल्नेछ।

तर एम्बाप्पे रियल जाने सम्भावना निकै कम रहेको हुनाले यस्तो अवस्थामा रियलले क्लब इतिहासमै सर्वाधिक गोल गर्न सफल रोनाल्डोलाई पुनः क्लब भित्र्याउन सक्छ। २००९ मा म्यानचेस्टर युनाईटेबाट तत्कालिन कीर्तिमानी फी ८० मिलियनमा रियल म्याड्रिड आएका थिए। म्याड्रिडमा ९ वर्ष बिताएका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गर्न सफल भएका थिए।

२०१८ मा लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि जितेपछि रोनाल्डोको रियल छाडेर युभेन्टस छाड्ने निर्णयले विश्व फुटबललाई नै आश्चर्यचकित तुल्याएको थियो। युभेन्टसका लागि उनले १३३ खेलमा १०१ गोल गरिसकेका छन्।

