रोनाल्डोसँग खेलेका मित्रले नै क्रिस्टियानो भन्दा मेस्सी उत्कृष्ट खेलाडी भनेपछि [भिडियो सहित]

पूर्व म्यानचेस्टर युनाईटे खेलाडी वाइन रुनीले सन् २००४ देखि २००९ सम्म क्लब स्तरमा क्रिस्टियानो रोनाल्डोसँग खेले। तर पनि उनको नजरमा पूर्व टिममेट रोनाल्डो भन्दा बार्सिलोना खेलाडी लियोनल मेस्सी उत्कृष्ट खेलाडी हुन्।

सन् २०१६ मा पूर्व इंग्ल्याण्ड स्ट्राइकर ओल्ड ट्राफर्डमा प्रश्न-उत्तर खेल खेलिरहेका थिए कि अचानक मेस्सी वा रोनाल्डो भन्ने प्रश्न आयो। सबैलाई लग्न सक्छ लामो समय रोनाल्डोसँग बिताएका उनले मेस्सी भन्दा रोनाल्डो नै उत्कृष्ट भएको स्वीकार गरेको हुनुपर्छ। तर उनले इमान्दारीताका साथ जवाफ दिए र रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको बताए। धेरैलाई रुनीको यो उत्तर आश्चर्यजनक लाग्न सक्छ।

म्यानचेस्टर युनाईटेमा रुनी र रोनाल्डोको जोडीले लामो समय थुप्रै जादुमय पल दिएका छन्। यी दुईको जोडीले थुप्रै टिमका डिफेन्स तहस-नहस गरेका छन्। रोनाल्डोसँग निकै राम्रो सम्बन्ध रहेपनि रुनीको लागि निर्णय यहि रह्यो कि: मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट हुन्। गत वर्ष सनडे टाइम्स कोलममा पुनः एक पटक उनले गोट बहसमा आफ्नो निर्णय शुरू गरे।

उनले म्यानचेस्टरमा आफूसँग खेल्दा रोनाल्डोले गोल गर्नमा त्यति ध्यान दिने नगरेको तर अहिले भने उनी सधैं विश्वकै सर्वोत्कृष्ट बन्न चाहेको बताएका थिए। त्यसको लागि रोनाल्डोले निकै मेहनत गरेको जसको कारणले नै उनी र मेस्सी अहिले विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको उनको ठहर थियो। “रोनाल्डोसँग राम्रो मित्रता हुँदा हुँदै पनि म मेस्सीतिर जान चाहन्छु,” रुनीले भने।

के तपाईं पनि रुनीको उक्त निर्णयसँग समर्थन राख्नु हुन्छ ?

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१३:२७

२९ वर्षीय नेइमारको बडी र ३४ वर्षीय मेस्सीको बडी भनेर नमज्जाले उड्यो नेइमारको मजाक !