काठमाडौँ । अभिनेत्री प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । उनि अहिले आफ्नो गर्भावस्थामा रमाईरहेकी छिन्। अभिनेत्री प्रियंकाको सामाजिक संजालमा बेला-बेलामा चर्चा र आलोचना हुने गर्छ। त्यस्तै प्रियंकाले आफु गर्भवती भएको कुरा खुलासा गरेदेखि उनको चर्चा भन्दा बढी आलोचना र टिका टिप्पणी हुदै आएको छ।
प्रियंकाले सामाजिक संजालमा जतिसुकै आलोचना र टिकाटिप्पणी भएपनि आफ्नो बेबी बम्पको फोटो पोष्ट गर्न छोडेकी छैनन्। उनि आमा बन्न निकै उत्साहित छिन्। उनि आफ्नो गर्भावस्थाको हरेक समयमा रमाईरहेकी छिन्।

त्यस्तै सोमबार प्रियंकाले एक तस्विर शेयर गरेकी छिन् जसमा उनले अबको केहि हप्तापछि आफुहरु अभिभावक बन्ने संकेत दिएकी छिन्। प्रियंका लेख्छिन, ‘अबको केहि हप्ताबाट, हाम्रो जीवन सदाको लागी परिवर्तन हुनेछ। अर्को सुन्दर अध्यायको लागी तयार हुँदै।’

त्यस्तै अभिनेत्री प्रियंकाको पति अर्थात् अभिनेता आयुष्मान देशराज जोशीले पनि प्रियंकासंगको बेबी बम्प तस्विर शेयर गरेका छन्। य
प्रियंकाको युट्युब च्यानलबाट सार्वजनिक भएको एक भिडियो अनुसार उनि भदौ महिनाको बीचतिर आमा बन्दैछिन्। साथै उनले मुन्द्रेको कमेडी क्लबमा आमा बन्न अब एक महिना समय रहेको बताएकी छिन्।

