निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलहरूको दर्ता खारेज गर्ने आयोगको मंगलबार बसेको बैठकले निर्णय गरेको हो।
यो निर्णय साउन २० गतेबाट लागू हुने पनि आयोगले जनाएको छ। ४१ दलहरू खारेज भएसँगै अहिले निर्वाचन आयोगमा ९५ वटा मात्र दलहरू बाँकी भएका छन्। यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए । खारेज गरिएका दलहरुको नाम, झण्डा र चुनाब चिन्ह एक वर्षसम्म अन्य कुनै पनि दलले प्रयोग गर्न पाउनेछैनन्। खारेज भएका हरेक दलहरुलाई आयोगले ५० हजारको जरिवाना पनि तोकेको छ।