प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फेरी प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्नको लागि निर्देशन दिएका छन्।
कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्नको लागि देउबाले मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।
शेरबहादुर देउवाले मन्त्री भुसाललाई बालुवाटारमा बोलाएर घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन्। पन्त्री देउवाको निर्देशनअनुसार उर्जामन्त्री भुसालले हाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन भनेकी छिन्। स्रोतको अनुसार यदी निर्देशक शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने र‘स्पष्टीकरण चित्त नबुझे उनलाई हटाउन पनि सकिने बताइएको छ।
शाक्यले नेपाल सरकारसँग कार्यसम्पादनको करार गरेका छन्।